Technology Khabar १९ श्रावण २०८२, सोमबार
काठमाडौं ।
ब्याटलफिल्ड ६ यस वर्षको अक्टोबर १० तारिखमा पीसी, प्लेस्टेशन ५ र एक्सबक्स सिरिज एक्स/एस को लागि आउने भएको छ। यसै क्रममा अब ब्याटलफिल्ड ६ को सबै विवरणहरूको खुलासा गरिएको छ।
स्ट्याण्डर्ड भर्सनको (फिजिकल र डिजिटल) को मूल्य ८० यूरो हुनेछ। ११० यूरोको मूल्यमा फ्यान्टम भर्सन (डिजिटल संस्करण) पनि उपलब्ध हुनेछ जसमा अतिरिक्त स्किनहरू र दुई हतियार प्याकहरू समावेश छन्।
ब्याटलफिल्ड ६ को परिदृश्य भनेको सन् २०२७ मा एक प्रमुख द्वन्द्व वरपरको संसारमा हुनेछ। धेरैजसो युरोपेली देशहरूले नाटो गठबन्धन छोडेका हुनेछन् र निजी सैन्य बल प्याक्स अर्माटा संयुक्त राज्य अमेरिकामा आक्रमण गर्न देखा पर्नेछ। यो सिङ्गल–प्लेयर क्याम्पेन र मल्टिप्लेयर मोडको लागि सान्दार्भिक हुनेछ।
मल्टिप्लेयरमा कन्क्वेस्ट, ब्रेकथ्रु, र रश जस्ता मोडहरू सहित लार्ज–स्केल म्याप ब्याटल्स (लडाइहरू) हुनेछन्। छोटो खेलहरूको लागि भने किङ्ग अफ द हिल, डोमिनेसन र पेलोड मोडहरू हुनेछन्।
अर्को भाग, ब्याटलफिल्ड पोर्टल पनि मल्टिप्लेयरमा केन्द्रित हुनेछ र खेलाडीहरूलाई आफ्नै मोड र चुनौतीहरू सिर्जना गर्न अनुमति दिनेछ।
त्यसैगरी सिङ्गल–प्लेयर क्याम्पेनमा एक एलिट युनिटसँग मिलेर, सहारा मरुभूमि पार गरेर, जिब्राल्टरको तटमा आक्रमण गर्दै आक्रमणबाट न्यूयोर्कलाई बचाउनु पर्नेछ।
यस बाहेक ब्याटलफिल्ड ६ मा घाइते साथीहरूलाई कभर गर्दै तान्नु पर्ने र गनफायर (बन्दुकको आवाज) कम गर्न भित्ताहरूमा हतियार राख्नु पर्ने जस्ता धेरै नयाँ सुविधाहरू हुनेछन्।
ब्याटलफिल्ड ६ दुई ओपन बिटाहरू मार्फत परीक्षणको लागि उपलब्ध हुनेछ। पहिलो अर्को सप्ताहन्त, अगस्ट ९ र १० तारिखमा जारी हुनेछ जसमा ट्विच स्ट्रिमहरू मार्फत बिहीबार, अगस्ट ७ तारिखमा पहुँच सुरु हुने टेलिग्राफले रिपोर्ट गरेको छ।
दोस्रो बिटा अगस्ट १४ देखि १७ सम्म हुनेछ। यदि कसैले यसलाई पीसीमा परीक्षण गर्ने योजना बनाएको हो भने बिटाको लागि न्यूनतम आवश्यकताहरू यस प्रकार छन्ः
न्यूनतम १०८०पी, ३० एफपीएस, लो ग्राफिक्सः
प्रोसेसरः इन्टेल कोर आई५–८४०० वा एएमडी राइजेन ५ २६००
ग्राफिक्स कार्डः एनभिडिया जिफोर्स आरटीएक्स २०६० वा रेडियन आरएक्स ५६०० एक्सटी वा इन्टेल आर्क ए३८०
मेमोरीः १६ जीबी
डिस्क स्पेसः ७५ जीबी
१४४०पी, ६० एफपीएस, हाई ग्राफिक्स/१०८०पी, ६० एफपीएस, लो ग्राफिक्सको लागि सिफारिस गरिएकोः
प्रोसेसरः इन्टेल कोर आई७–१०७०० वा एएमडी राइजेन ७ ३७००एक्स
ग्राफिक्स कार्डः एनभिडिया जिफोर्स आरटीएक्स ३०६०टीआई वा रेडियन आरएक्स ६७०० एक्सटी वा इन्टेल आर्क बी५८०
मेमोरीः १६ जीबी
डिस्क स्पेसः ७५ जीबी
प्रकाशित: १९ श्रावण २०८२, सोमबार