Technology Khabar १७ श्रावण २०८२, शनिबार
काठमाडौं ।
केही दिन अघि गत वर्ष लन्च गरिएको ह्वावेको मेट एक्सटीको आगामी उत्तराधिकारीको बारेमा केही थप विवरणहरू लीक भएका थिए।
यसै क्रममा अब, एक नयाँ स्रोतले मेट एक्सटीएस लन्च हुने मितिको बारेमा दावी गरेका छ।
यो डिभाइस आगामी सेप्टेम्बर १२ तारिखमा प्रस्तुत गरिने बताइएको छ र हालैको अफवाह अनुसार सोही हप्ता एप्पलले पनि आफ्नो आईफोन १७ परिवार लन्च गर्नेछ।
त्यस समयमा विभिन्न कम्पनीको डिभाइसहरु एकपछि अर्को गरेर लन्च हुने भएकाले त्यो समय निकै रोचक हुनेछ। यदि त्यसो हो भने, सायद ह्वावेले एप्पलको रौनकलाई केही कम गर्नेछ भनि जीएसएमएरिनाले उल्लेख गरेको छ।
साथै चीनमा सर्वोच्च शासन गर्दै आएको ह्वावेको यो नयाँ डिभाइसले चीन भित्र धेरै राम्रोसँग सफल हुन सक्ने सम्भावनको उल्लेख गरिएको छ।
मेट एक्सटीएसको मूल्य लगभग २०,००० चिनियाँ युआन (२,७८६ अमेरिकी डलर वा २,४२२ यूरो) हुने अफवाह रहेको छ। सन्दर्भको लागि, मूल मेट एक्सटीको मूल्य १९,९९९ चिनियाँ युआनबाट सुरु भएको हुनाले यसको उत्तराधिकारीको मूल्य पनि लगभग उस्तै हुने भएको छ।
मेट एक्सटीएसले चिनियाँ बजारमा सामसङको आगामी ट्राई–फोल्ड स्मार्टफोनसँग प्रतिस्पर्धा गर्नेछ। सामसङको आगामी ट्राई–फोल्ड स्मार्टफोन यस वर्षको अन्त्यमा घोषणा हुन गइरहेको छ र सुरुमा कोरियाको साथमा चीनमा मात्र लन्च हुने हल्ला रहेको छ। सामसङको यो मोडेलको मूल्यको बारेमा भने कुनै जानकारी उपलब्ध नभएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १७ श्रावण २०८२, शनिबार