Technology Khabar १६ श्रावण २०८२, शुक्रबार
काठमाडौं ।
हिमानी कोष र इन्टरनेशनल क्लबको संयुक्त सहकार्यमा ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ कार्यक्रम आयोजना गरिने भएको छ।
“स्वदेश फर्क, स्वदेशै स्वर्ग” भन्ने नारा सहित आफ्नो देश, आफ्नो मातृभूमि प्रतिको दायित्व र कर्तव्यलाई सम्झेर देशमा नै केही सीप, उधोग, व्यबसाय गर्न चाहने आजका युवाहरूलाई लक्षित गरि सल्लाह, सुझाव सहितको अवसर प्राप्त होस् भन्ने उद्देश्यका साथ भोलि शनिबार ( साउन १७ गते ) इन्टरनेशनल क्लब सानेपामा उक्त कार्यक्रम आयोजना हुन लागेको आयोजकको भनाइ छ।
देशमा नै केही सीप, उधोग, व्यवसाय गर्न चाहने युवाहरूलाई लक्षित सल्लाह, सुझाव सहितको अवसर प्राप्त होस् भन्ने उद्देश्यका साथ उक्त एक दिने कार्यक्रम आयोजना गरिन लागिएको हो।
कार्यक्रमले स्वदेशमा नै रहेर केही उद्योग व्यवसाय सञ्चालन गर्न चाहने नव उद्यमीहरुलाई माइक्रो–सीडिङ रिभल्भिङ फन्ड (कोष) को माध्यमद्वारा सहायता प्रदान गर्ने लक्ष्य राखेको आयोजकले जानकारी दिएको छ।
कार्यक्रममा विभिन्न क्षेत्रका उद्योग व्यवसायीहरुको सहभागितामा विभिन्न स्टल तथा विविध रमाइलो खेलहरूको समेत आयोजना गरिने उल्लेख छ।
उक्त कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह, कोषकी अध्यक्ष हिमानी शाह लगायत अन्य पूर्व राजपरिवारका सदस्यको सहभागिता रहने हुने आयोजकले बताएको छ।
प्रकाशित: १६ श्रावण २०८२, शुक्रबार