एनसेलका सीईओ जाब्बोर कायुमोभले पद त्यागे, कार्यवाहक सीईओमा सैयद एमडी इनामुल कबीर

  • Technology Khabar | १६ श्रावण २०८२, शुक्रबार
एनसेलका सीईओ जाब्बोर कायुमोभले पद त्यागे, कार्यवाहक सीईओमा सैयद एमडी इनामुल कबीर

काठमाडौं ।

एनसेल आजियाटाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) जाब्बोर कायुमोभले पदबाट राजीनामा दिएका छन्। एनसेलको सञ्चालक समितिको २०८० वैशाख २६ गतेको बैठकबाट कायुमोभ सीईओ तथा प्रबन्ध सञ्चालकमा नियुक्त भएका थिए।

उनको राजीनामासँगै कार्यवाहक सीईओ तथा प्रमुख वित्तीय अधिकारीको जिम्मेवारी सैयद एमडी इनामुल कबीरलाई दिइएको एनसेलको वेबसाइटमा उल्लेख छ।

कायुमोभले यसअघि टेलिया (पहिले टेलियासोनेरा) र भिम्पेलकम (अहिले भीओन) कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका थिए ।

कायुमोभले यसअघिका एनसेलका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालक एन्डी चोङको स्थान लिएका थिए।

कार्यबाहक अधिकार पाएका कबिरले रणनीतिक वित्त, व्यापार रूपान्तरण तथा कर्पोरेटमा बसेर काम गरेका छन्। हाल एनसेलको कार्यवाहक सीईओको रूपमा नियुक्त भएका सैयद एमडी इनामुल कबीर एनसेलमा आबद्ध हुनु अघि बंगलादेशको यूसीबी फिनटेक कम्पनीमा उप प्रमुख कार्यकारी अधिकृत र प्रमुख वित्तीय अधिकारीको रूपमा काम गरेका थिए।

प्रकाशित: १६ श्रावण २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...