टिकटकले अब अभिभावकहरूलाई आफ्ना बच्चाहरूले भिडियो पोस्ट गर्दा सूचित गर्ने

  • Technology Khabar | १६ श्रावण २०८२, शुक्रबार
टिकटकले अब अभिभावकहरूलाई आफ्ना बच्चाहरूले भिडियो पोस्ट गर्दा सूचित गर्ने

काठमाडौं ।

यस हप्ता सुरु गरिएको नयाँ सेफ्टि टुल्स (सुरक्षा उपकरणहरू) को भागको रूपमा टिकटकले अब आफ्ना बच्चाहरूले सार्वजनिक भिडियो पोस्ट गर्दा अभिभावकहरूलाई सूचित गर्ने भएको छ।

बेलायतले नयाँ व्यापक अनलाइन सुरक्षा नियमहरू लागू गरेको केही दिन पछि टिकटकले नयाँ प्रयोगकर्ताहरूको लागि थप सुरक्षा घोषणा गरेको स्काईन्यूजले उल्लेख गरेको छ।

यो नयाँ सुविधाले अभिभावकहरूलाई उनीहरूको बच्चाले सार्वजनिक पोस्ट गर्दा सूचित गर्नेछ। साथै अभिभावकहरूलाई उनीहरूको बच्चाले भिडियो रिपोर्ट गरेको खण्डमा पनि सूचित गरिनेछ। यद्यपि उनीहरूले रिपोर्ट गरिएको सामग्री भने अभिभावकहरूले हेर्न नसक्ने बताइएको छ।

टिकटकले पाँच वर्ष भन्दा बढी समयदेखि किशोर खाताहरूको लागि अभिभावकीय नियन्त्रण विकल्पहरू उपलब्ध गराउँदै आएको छ र इन्स्टाग्राम जस्ता अन्य एपहरूमा पनि आमाबाबु र बच्चाहरूको लागि आफ्नो खाताहरू लिङ्क गर्ने विकल्प उपलब्ध भएको टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: १६ श्रावण २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार