एन्ड्रोइडमा क्यूआर कोड स्क्यानर सजिलै प्रयोग गर्न सकिने 

  • Technology Khabar | १६ श्रावण २०८२, शुक्रबार
एन्ड्रोइडमा क्यूआर कोड स्क्यानर सजिलै प्रयोग गर्न सकिने 

काठमाडौं ।

एन्ड्रोइडमा क्यूआर कोड स्क्यानरलाई क्विक सेटिङ्गस प्यानलमा सजिलै थप्न सकिने भएको छ। सुधारका साथ आएको क्यूआर कोड स्क्यानरलाई क्विक सेटिङ्गसमा थप्न नचाहेको खण्डमा भने लक स्क्रिनमा रहेको सर्टकटबाट खोल्न सकिने छ।

सेटिङ्गस > डिस्प्ले एण्ड टच > लक स्क्रिन > सर्टकट्समा गएपछि स्क्रिनको तल्लो बायाँ वा दायाँ कुनामा अवस्थित लक स्क्रिनमा रहेका दुई सर्टकटहरू परिवर्तन गर्न अनुमति दिनेछ।

क्यूआर कोड स्क्यानर चयन गर्दै यसलाई बायाँ वा दायाँ सर्टकटको रूपमा राख्न सकिनेछ। त्यसपछि माथिल्लो दायाँ कुनामा रहेको “एप्लाइ” बटन थिच्नु पर्नेछ। क्यूआर कोड स्क्यानर प्रायः प्रयोग गर्नेहरुका लागि लक स्क्रिनमा रहेको सर्टकट उत्तम विकल्प हुने टेलीग्राफले रिपोर्ट गरेको छ।

गुगलले हालै मे महिनाको घोषणाहरू पछि आफ्नो क्यूआर कोड स्क्यानर अपडेट गरेको छ। गुगलले यसमा थपेको एउटा सानो एनिमेसनले गोलाकार वर्गका चार कुनाहरू कसरी एकसाथ आउँछन् भनेर देखाउँछ।

अपडेट अघि, भने स्क्यान गरिएको क्यूआर कोड पहिचान गरिएको खण्डमा कोडले नेतृत्व गरेको पृष्ठको यूआरएल ठेगाना “ओपन” टेक्स्ट भएको बटनसँगै प्रदर्शित हुने गर्दथ्यो।

अब, क्यूआर कोड स्क्रिनको बीच भागमा देखा पर्दछ। यूआरएल पेज (पृष्ठ) को तलको नजिकै थ्रि पिल–सेप्ड (तीन गोली आकार भएका) बटनहरू सहित रहेको देख्न सकिनेछ जसले निम्न कार्य गर्न अनुमति दिन्छः

ओपन – तपाईंलाई क्यूआर कोड सिर्जना गरिएको पृष्ठमा लैजान्छ
कपि टेक्स्ट – यूआरएल कपि गर्नेछ र यसलाई पछि अन्त कतै पेस्ट गर्न सकिनेछ।

सेयर – एन्ड्रोइडको सेयर सुविधा खोल्छ, जसले व्हाट्सएप, इमेल, आदि मार्फत सिधै यूआरएल साझा गर्न अनुमति दिन्छ।

प्रकाशित: १६ श्रावण २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

World’s largest 16,000-ton die-casting production line by Dongfeng commenced operation

  • Technology Khabar
  • १६ श्रावण २०८२, शुक्रबार