न्यूरालिङ्क ब्रेन चिप प्रयोग गरेर २० वर्षपछि पक्षघात पीडित महिलाले आफ्नै नाम लेखिन्

  • Technology Khabar | १६ श्रावण २०८२, शुक्रबार
न्यूरालिङ्क ब्रेन चिप प्रयोग गरेर २० वर्षपछि पक्षघात पीडित महिलाले आफ्नै नाम लेखिन्

काठमाडौं ।

अर्बपति इलन मस्कको न्यूरालिङ्क ब्रेन चिप प्रयोग गरेर २० वर्षपछि पक्षाघात भएकी महिलाले आफ्नो नाम लेखेकी छिन्।

न्यूरालिङ्क परीक्षणमा सहभागीहरु मध्ये अड्रे क्रूजको दिमागमा पनि कम्प्युटर चिप जडान गरिएको विदेशी मिडियालाई उद्धृत गर्दै टेलिग्राफले रिपोर्ट गरेको छ।

न्यूरालिङ्कले बोलाउने चिप वा ब्रेन–कम्प्युटर इन्टरफेस (बीसीआई) ले क्रूजको दिमागलाई कम्प्युटरमा जोडेर उनलाई स्क्रिनमा माउस नियन्त्रण गर्न सघाउने उल्लेख गरिएको छ।

१६ वर्षको उमेरमा आफ्नो शारीरिक नियन्त्रण गुमाएकी क्रूज अब न्यूरालिङ्क ब्रेन चिप इम्प्लान्ट गर्ने पहिलो महिला बनेकी छिन्।

क्रूजले एक्स (पहिले ट्विटर) मा “मैले २० वर्षमा पहिलो पटक मेरो नाम लेख्ने प्रयास गरें। म यसमा काम गरिरहेको छु। Lol #Neuralink (न्यूरालिङ्क)” भनि पोस्ट गरकी छिन्।

उनले ल्यापटप स्क्रिनमा “हल्लिएको” अवस्थामा लेखिएको ‘अड्रे’ शब्द देख्न सकिने बताइएको छ।

“उनी केवल सोचेर आफ्नो कम्प्युटर नियन्त्रण गरिरहेकी छिन्। धेरैजसो मानिसहरूलाई यो सम्भव छ भन्ने थाहा हुँदैन”, न्यूरालिङ्कका सह–संस्थापक मस्कले पोस्टको जवाफ दिएका छन्।

क्रूजले यसलाई “आफ्नो टाउकोमा आफ्नो नाम लेख्नु जस्तै” भएको बताएकी छिन्। साथै यो प्रविधि एक दिन टेट्राप्लेजिकहरूलाई फेरि हिँड्न मद्दत गर्न प्रयोग गर्न सकियोस् भनेर मस्कले आशा व्यक्त गरेको बताइएको छ।

क्रूज परीक्षण चरणबाट गुज्रिरहेका सात पक्षाघात भएका बिरामीहरू मध्ये एक हुन्।

प्रकाशित: १६ श्रावण २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

World’s largest 16,000-ton die-casting production line by Dongfeng commenced operation

  • Technology Khabar
  • १६ श्रावण २०८२, शुक्रबार