“भेनिला’ रङ बाहेक आईफोन १७ सिरिजको मूल्य वृद्धि हुने

Technology Khabar १६ श्रावण २०८२, शुक्रबार

काठमाडौं ।

ट्रम्पले गैर अमेरिकी–निर्मित सामानहरूमा कर लगाए पनि एप्पलले भने आफ्ना उत्पादनहरूमा अपरिहार्य मूल्य वृद्धिलाई ढिलाइ गर्न सक्षम भएको थियो।

जीएसएमएरिनाका अनुसार यसले गर्दा आईफोन १६ परिवारका फोनहरूको मूल्य वृद्धि नभइ आफ्नो सुरुवाती मूल मूल्यमा नै कायम राहन सफल भएको थियो। यद्यपि, अब आईफोन १७ को मूल्यमा भने परिवर्तन हुन लागेको छ।

एप्पलले लगभग सबै मोडेलहरूमा अमेरिकामा ५० अमेरिकी डलरले आफ्नो मूल्य बढाउने एक बजार विश्लेषकले अनुमान गरेका छन्। यसको अर्थ आईफोन १७ प्रो र १७ प्रो म्याक्सको मूल्य अब क्रमशः १,०४९ अमेरिकी डलर र १,२४९ अमेरिकी डलर मूल्य पर्न जानेछ।

अफवाह गरिएको आईफोन १७ स्लिमले आईफोन १६ प्लसलाई प्रतिस्थापन गर्नेछ भने उही मूल्य ट्याग प्राप्त गर्ने जनाइएको छ। यदि यो सत्य हो भने, १७ स्लिमको मूल्य सम्भवतः ९४९ अमेरिकी डलरमा जानेछ।

यस सिरिजको भेनिला आईफोन १७ भने ५० अमेरिकी डलरको मूल्य वृद्धिको हल्लाबाट बच्ने भएको छ।

मुख्यतया आयात शुल्कका साथै केही कम्पोनेन्टहरूको बढ्दो लागतको कारणले एप्पलले मूल्य वृद्धि गर्न लागेको विश्लेषकहरुले बताएका छन्।

त्यसैगरी, आईफोन प्रो सन् २०१९ देखि अमेरिकामा ९९९ अमेरिकी डलरमा बिक्री भइरहेको हुनाले कुनै एक समयमा आएर डिभाइसहरुको मूल्य वृद्धि हुने निश्चित थियो भनि जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: १६ श्रावण २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया