
काठमाडौं ।
विश्वव्यापी रूपमा गत मे महिनामा डेब्यू गरेको मोटोरोलाको मोटो जी८६ पावर अब भारतमा उपलब्ध हुने भएको छ।
मोटो जी८६ पावर प्यान्टोन स्पेलबाउण्ड, प्यान्टोन गोल्डेन साइप्रस र प्यान्टोन कस्मिक स्काई रङ्गहरूमा आउँदछ। केवल ८/१२८जीबी ट्रिममा उपलब्ध हुने यो डिभाइसको मूल्य १७,९९९ भारतीय रुपैयाँ (२०६ अमेरिकी डलर) कायम गरिएको छ। साथै अगस्ट ६ तारिखदेखि मोटोरोला इन्डिया र साझेदार खुद्रा विक्रेताहरू मार्फत खुल्ला बिक्री सुरु जीएसएमएरिनाले रपोर्ट गरेको छ।
मोटो जी८६ पावरमा गोरिल्ला ग्लास ७आई सुरक्षा र एम्बेडेड फिङ्गरप्रिन्ट स्क्यानरको साथ ६.६७–इन्चङ्गो ओएलईडी डिस्प्ले (एफएचडी+ १२०हर्ज) समावेश गरिएको छ। डिभाइसमा मिडियाटेक डाइमेन्सिटी ७४०० चिपसेट, आईपी६८/आईपी६९ इन्ग्रेस सुरक्षा र ३३ वाट चार्जिङको साथ ६,७२०एमएएच ब्याट्री पनि रहेको छ।
मोटो जी८६ पावरको पछाडि ५० मेगापिक्सेलको मुख्य क्यामरा (एलवाईटी–६००) र ८ मेगापिक्सेलको अल्ट्रावाइड लेन्स रहेका छन्। फोनले मोटोरोलाको माई यूएक्स इन्टरफेस माथि एन्ड्रोइड १५ बुट गर्दछ।
प्रकाशित: १५ श्रावण २०८२, बिहीबार