नेटवर्कमा समस्या आएको बेला खरिद गरेर प्रयोग नभएको प्याकेजको रकम ग्राहकको ब्यालेन्समा फिर्ता: नेपाल टेलिकम

  • Technology Khabar | १४ श्रावण २०८२, बुधबार
नेटवर्कमा समस्या आएको बेला खरिद गरेर प्रयोग नभएको प्याकेजको रकम ग्राहकको ब्यालेन्समा फिर्ता: नेपाल टेलिकम

काठमाडौं ।

नेपाल टेलिकमले गत सोमबार दिउँसो कम्पनीको नेटवर्कमा समस्या आएका कारण उक्त समयावधिमा ग्राहकहरुलेर दोहोरो पर्ने गरी खरिद गरेको र प्रयोगमा नआएको डाटा प्याकेजहरुको रकम सम्बन्धित ग्राहकको ब्यालेन्समा फिर्ता गरिसकिएको जनाएको छ।

कम्पनीले आज एक विज्ञप्ति प्रकाशित गरी यसबारे सम्बन्धित सबैमा सूचित गराएको हो। यस सम्बन्धमा केही गुनासो वा जिज्ञासा रहेमा कम्पनीको नम्बरबाट १४९८ मा डायल गर्नुसमेत सूचनामार्फत् अनुरोध गरिएको छ।

सम्बन्धित समाचार

नेपाल टेलिकमको फोरजीमा अझै समस्या, कम्पनी भन्छ: फल्ट पत्ता लाग्यो समाधानको प्रयास भइरहेको छ

‘मिति २०८२/०४/१२ गते दिउँसो यस कम्पनीको नेटवर्कमा समस्या आएका कारण उक्त समयावधिमा ग्राहक महानुभावहरूले दोहोरो पर्ने गरी खरिद गर्नु परेको तर प्रयोगमा नआएका Package हरुको रकम सम्बन्धित ग्राहकको Balance मा फिर्ता गरिसकिएको छ । सो सम्बन्धमा केही गुनासो वा जिज्ञासा रहेमा नेपाल टेलिकमको नम्बरबाट १४९८ मा डायल गर्नुहुन समेत अनुरोध छ’, सूचनामा भनिएको छ।

गत साउन १२ गते दिउँसोदेखि नचलेको नेपाल टेलिकमको फोरजी डाटा तथा मोबाइल नेटवर्कमा समस्या आएको थियो। टुजी र थ्रीजीमा समस्या नभएको तर फोरजीमा विशेष समस्या देखिएको कम्पनीले बताएको थियो। यसबाट भीओएलटीई सेवासमेत ठप्प भएको थियो।

 

प्रकाशित: १४ श्रावण २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...