“लाइट अफ मोतिराम होराइजनसँग धेरै मिल्दोजुल्दो” भएको भन्दै सोनीद्वारा टेन्सेन्टविरुद्ध मुद्दा दायर

  • Technology Khabar | १४ श्रावण २०८२, बुधबार
“लाइट अफ मोतिराम होराइजनसँग धेरै मिल्दोजुल्दो” भएको भन्दै सोनीद्वारा टेन्सेन्टविरुद्ध मुद्दा दायर

काठमाडौं ।

आफ्नो खेल होराइजनको प्रतिलिपि बनाएको आरोप लगाउँदै सोनीले क्यालिफोर्नियाको संघीय अदालतमा चिनियाँ कम्पनी टेन्सेन्टविरुद्ध मुद्दा दायर गरेको छ।

टेलिग्राफका अनुसार लाइट अफ मोतिराम खेल होराइजन जीरो डन र होराइजन फर्बिडन वेस्टको “समान प्रतिलिपि” भएको मुद्दामा उल्लेख गरिएको छ।

टेन्सेन्टले खेलको विकास सुरु गरेको बारेमा सोनीलाई थाहा नभएको र नयाँ होराइजन खेलमा सहकार्यको लागि प्रस्ताव गरेको सोनीले दावी गरेको छ। उक्त प्रस्ताव सोनीले अस्वीकार गरेको छ।

टेन्सेन्टले होराइजनसँग मिल्दोजुल्दो प्रचार सामग्रीहरू प्रयोग गरेर लाइट अफ मोतिरामको विकासलाई निरन्तरता दिएको जनाइएको छ।

खेलमा खेलाडीहरूमाझ भ्रम सिर्जना गर्न सक्ने तत्वहरू रहेका छन् जसले यसलाई होराइजन सिरिजको भागको रूपमा सोच्न सक्ने मुद्दामा भनिएको छ।

सोनीले खेलको रिलीजमा प्रतिबन्ध र यसको अधिकारको उल्लङ्घनको लागि क्षतिपूर्ति खोजिरहेको टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: १४ श्रावण २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार