श्रमका सेवालाई डिजिटल रूपान्तरण गर्ने रणनीतिक कार्ययोजना सुरु

  • Technology Khabar | १३ श्रावण २०८२, मंगलवार
श्रमका सेवालाई डिजिटल रूपान्तरण गर्ने रणनीतिक कार्ययोजना सुरु

काठमाडौं ।

रोजगार, वैदेशिक रोजगार, श्रम बजार व्यवस्थापन तथा रोजगारमूलक सेवाको साझा र एकीकृत सूचना श्रम संसार नागरिक एप श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आफ्ना सेवालाई डिजिटल प्रविधिमा रूपान्तरण गर्ने गरी रणनीतिक कार्ययोजना अगाडि बढेको जनाएको छ।

श्रम मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी श्रम संसार र नागरिक एपबिच भएको साझेदारी गरेसँगै मन्त्रालयका सेवा डिजिटल प्रविधिमा रूपान्तरण गर्ने रणनीतिक कार्ययोजना अगाडि बढेको जनाइएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले मन्त्रालयले उपलब्ध गराउने सबै सेवालाई नागरिकसमक्ष पुग्ने गरी डिजिटल फेमवर्कको विस्तार तथा नागरिकमैत्री सुशासन अभिवृद्धि अगाडि बढेको जानकारी गराए।

सम्बन्धित समाचार

विदेशमा रहेका नेपालीको सूचना सङ्कलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा

श्रम मन्त्रालय र अन्तर्गतका विभाग र कार्यालयबाट हुने गतिविधि नागरिक एपसँग जोडिएकाले बेरोजगार व्यक्तिले श्रम तथा रोजगार सेवा प्राप्तिका लागि विभिन्न वेबसाइट चाहर्नुपर्ने तथा सेवा प्राप्तिका लागि भनसुन गर्नुपर्ने अवस्था नहुने विश्वास मन्त्री भण्डारीको छ।

उनले श्रम संसारमा कन्सुलर सेवासहित विस्तार गरिएकाले विदेशी भूमिमा नेपालीलाई थप सुविधा उपलब्ध भएको जानकारी दिए। आन्तरिक
प्रणालीका रूपमा रणनीतिक डिजिटल प्रणालीको विकास गरिरहेका सन्दर्भमा यसको पूर्ण कार्यान्वयनबाट सेवा प्रवाहमा देखिएको झन्झट, ढिलाइ र अस्पष्टता हट्ने दावी पनि मन्त्री भण्डारीले गरे।

सम्बन्धित समाचार

सरकारले श्रम बजारसम्बन्धी सूचना दिन आज सार्वजनिक गरेको ‘श्रम संसार’ पोर्टल के हो? जान्नुहोस्

राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाश श्रेष्ठले डिजिटल पद्धतिको विकास गर्दै जाँदा नागरिकले सेवा प्राप्त गर्दा डिजिटल अवरोध नबनोस् भनेर मन्त्रालय सजग बन्नुपर्ने सुझाव दिए।

१६ औं योजनाको कार्यान्वयनका लागि सूचना प्रणालीको महत्त्वपूर्ण भूमिका रहने हुँदा श्रम मन्त्रालयले पनि प्रविधिको विकास र विस्तारलाई प्राथमिकतामा राखेकोप्रति धन्यवाद दिए।

सम्बन्धित समाचार

‘श्रम संसार’ एप सञ्चालन

पत्रकार सम्मेलनमा श्रमविज्ञ सल्लाहकार युवराज बस्नेतले श्रम मन्त्रालयको रणनीतिक डिजिटल रोडम्याप र कार्ययोजना प्रस्तुत गरे। सन् २०३० मित्र श्रम, रोजगार तथा सामाजिक सुरक्षासम्बन्धी सूचनालाई एकीकरण गर्दै नागरिकलाई सेवा प्रवाह गर्दा कृत्रिम बौद्धिकता र मेसिन लर्निङ जस्ता उच्च प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेको उनको भनाइ छ।

आजको गोरखापत्रबाट 

प्रकाशित: १३ श्रावण २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

गुगल पिक्सेल १०ए का थप रेन्डरहरू लीक

  • Technology Khabar
  • १३ श्रावण २०८२, मंगलवार