Technology Khabar १३ श्रावण २०८२, मंगलवार
काठमाडौं ।
क्यानालिसले चिनियाँ स्मार्टफोन बजारको सन् २०२५ को दोस्रो त्रैमासिकको बारेमा आफ्नो प्रतिवेदन जारी गरेको छ। विश्वको सबैभन्दा ठूलो स्मार्टफोन ग्राउन्डले सन् २०२४ को दोस्रो त्रैमासिकको तुलनामा ४ प्रतिशतको थोरै गिरावट देखिए पनि अझै पनि सन् २०२५ मा विश्वव्यापी स्मार्टफोन बजारलाई भने पछाडि पार्ने बाटोमा रहेको छ।
जीएसएमएरिनाका अनुसार दोस्रो त्रैमासिकमा सबैभन्दा ठूलो स्मार्टफोन विक्रेता बन्न सफल भएको ह्वावेले १२.२ मिलियन फोनहरू ढुवानी गरेको र १८ प्रतिशत बजार हिस्सा ओगटेको छ।
यो वार्षिक रुपमा १५ प्रतिशतको वृद्धि भएको बताइएको छ। ह्वावेको हार्मोनीओएस ५.०–पावर्ड नोभा १४ सिरिज कम्पनीको दोस्रो त्रैमासिकमा सफलताको लागि प्रमुख कारक सावित भएको छ।
दोस्रो स्थानमा रहेको भिभोले ११.८ मिलियन युनिटहरू ढुवानी गरेको र १७ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ। भिभोको स्थिर रिलीज रणनीतिले एक्स२००, एस३० र वाई३०० सिरिजमा नयाँ मोडेलहरू ल्याएको छ।
ओप्पो (वानप्लस मोडेलहरू पनि समावेश गर्दै) १०.७ मिलियन युनिटहरू ढुवानी गर्दै र १६ प्रतिशत बजार हिस्साको साथ तेस्रो स्थानमा रहेको छ।
शाओमी र एप्पलले क्रमशः १०.४ मिलियन र १०.१ मिलियन फोनहरू ढुवानी गरेको र समान १५ प्रतिशत बजार हिस्सा साझा गर्दै चौथो र पाँचौं स्थानमा रहेका छन्।
विक्रेताहरूले सन् २०२५ को पहिलो ६ महिनाको अवधिमा बढी माग देखेको हुनाले गतिलाई निरन्तरता दिन चुनौतीहरूको सामना गर्ने क्यानालिसले अनुमान गरेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १३ श्रावण २०८२, मंगलवार