नयाँ नेपाली क्यालेन्डर वेब एप सार्वजनिक

  • Technology Khabar | १३ श्रावण २०८२, मंगलवार
नयाँ नेपाली क्यालेन्डर वेब एप सार्वजनिक

काठमाडौं ।

नयाँ नेपाली क्यालेन्डर वेब एप ‘नेपक्यालेण्डर’ सञ्चालनमा आएको छ। यसले अब लोड हुन धेरै समय लाग्ने र अनावश्यक कुराहरूले धेरै ठाउँ लिने समस्यालाई समाधान गर्ने दावी गरिएको छ।

यो एप मोबाइलमा छिटो लोड हुने र अहिलेसम्म बजारमा आएका क्यालेण्डर एपको तुलनामा बढी प्रयोगकर्ता मैत्री रहेको बताइएको छ। साथै, यसमा अत्यावश्यक कुरा मात्र समावेश गरिएको हुनाले यो सफा देखिनुका साथै प्रयोग गर्न सजिलो हुने दावी गरिएको छ।

नेपालजस्तो भौगोलिक असमानता भएको ठाउँमा मोबाइल डाटाको बचत गरी प्रयोगकर्तालाई फाइदा पुर्याउने यसका सञ्चालकहरूले बताएका छन्।

‘हाम्रो खोज र परीक्षणलाई आधार मान्दा अन्य क्यालेन्डर साइटहरूभन्दा नेपक्यालेण्डर (Nepcalendar) ६ गुणा छिटो रहेको हामीले पाएका छौँ। आठ गुणा सानो फाइल साइजले फोनको डाटा पनि बचत गर्नेछ। हामीले यो वेबसाइट विशेषगरी मोबाइल फोन प्रयोगकर्तालाई ध्यानमा राखेर बनाएका हौँ’ एपका निर्माता प्रकाश तिमिल्सिनाले भने।

यो नेपाली र विदेशी दुवैको सजिलोका लागि नेपाली र अङ्ग्रेजी दुवै भाषामा उपलब्ध रहेको उनले थप जानकारी दिए।

प्रकाशित: १३ श्रावण २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार