Technology Khabar १३ श्रावण २०८२, मंगलवार
काठमाडौं ।
ग्यालेक्सी एस२६ अल्ट्राको फ्यान–निर्मित रेन्डरहरू देखा परेको छन्। लामो समयदेखिको लीकर आइस युनिभर्सले ग्यालेक्सी एस२६ अल्ट्राको फ्यान–निर्मित रेन्डरहरू साझा गरेको हो। यो सम्भवतः वास्तविक फोन जस्तो देखिन्छ भनि आइस युनिभर्सले बताएको छ।
अहिलेसम्म डिभाइसको निश्चित अन्तिम डिजाइनको बारेमा जानकारीहरु उपलब्ध नभए पनि सबै कुराहरुलाई मध्यनजर गरेर फोन यस्तै देखिने सम्भावना रहेको निष्कर्ष निकालिएको जनाइएको छ। साथै परिवर्तनहरू क्यामराबाट सुरु हुनेछ भनि विदेशी मिडियाले रिपोर्ट गरेको छ।
अफवाहमा रहेको मुख्य र ५x टेलिफोटो क्यामराहरूमा ठूला एपर्चरहरू हुने आइस युनिभर्सले उल्लेख गरेको छ। यसले गर्दा लेन्समा ओपनिङ्ग आकार ठूलो हुनेछ र बढी प्रकाश प्रवेश गर्न सक्नेछ। फलस्वरूप लेन्सहरूले बढी ठाउँ ओगट्ने छन्।
त्यसैगरी, ग्यालेक्सी एस२६ अल्ट्रा आफ्नो पूर्ववर्ती एस२५ अल्ट्रा भन्दा पातलो हुने अपेक्षा गरिएको छ। अर्को टिपस्टरले लीकको पुष्टि गर्दै क्यामराहरूको वरिपरि रिङ्गहरू हुनेछन् भनी थप उल्लेख गरेका छन्।
यस बाहेक डिभाइसमा राम्रो ब्याट्री र चार्जिङ विशिष्टताहरू हुने अपेक्षा गरिएको छ र ग्यालेक्सीको लागि क्वालकम स्न्यापड्रागन ८ एलिट २ चिपद्वारा संचालित हुन टेलिग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: १३ श्रावण २०८२, मंगलवार