मोबाइल गेमिङको शौखिन हुनुहुन्छ? यी उत्कृष्ट स्मार्टफोन कन्ट्रोलरहरू तपाईँका लागि हुन सक्छ

Technology Khabar १३ श्रावण २०८२, मंगलवार

काठमाडौं ।

स्मार्टफोन गेमिङ साधारण टच–आधारित नियन्त्रणहरूभन्दा धेरै अगाडि बढिसकेको छ। भरपर्दो गेम कन्ट्रोलरले विभिन्न अवस्थामा पनि तपाईंको गेम खेल्ने अनुभवलाई गम्भीर रूपमा अपग्रेड गर्न सक्छ। बजारमा छनौट गर्नका लागि कन्ट्रोलरहरुको उत्कृष्ट विकल्पहरू उपलब्ध छन्। त्यसैले गीज्मोचाइनाले यहाँ मोबाइल गेमिङ उत्साहीहरूका लागि शीर्ष स्मार्टफोन कन्ट्रोलर्स (नियन्त्रकहरू) को सानो सूची तयार पारेको छ।
१. ब्याकबोन वानः
सूचीको सुरुमा ब्याकबोन वान रहेको छ। यो एक स्लिक र हल्का तौलको कन्ट्रोलर हो जुन सिधै डिभाइसमा प्लग गर्न सकिने छ। कन्ट्रोलरले सुरुमा आईओएसलाई मात्र समर्थन गरे तापनि पछि एन्ड्रोइड फोनहरूको लागि पनि समर्थन ड्रप गरिएको थियो।

त्यसैगरी यसको डुअलसेन्स कन्ट्रोलरको जस्तै बटन डिजाइन भएका प्लेस्टेशन र एक्सबक्स मोडेलहरू पनि उपलब्ध रहेका छन्। यसमा रेसपोन्सिभ एनालग स्टिक्स, ट्याक्टाइल बटनहरू र पासथ्रु चार्जिङको लागि समर्थन प्राप्त गरिने छ।

त्यसैले सामान्य मोबाइल खेलहरू बाहेक, रिमोट प्लेको साथ एक्सबक्स र प्लेस्टेशन दुवैको आनन्द लिनको लागि यो कन्ट्रोलरको अनुभव उत्कृष्ट हुनेछ।
२. गेमसर जी८ ग्यालिलियोः
गेमसर जी८ ग्यालिलियो अर्को उच्च मूल्याङ्कन गरिएको स्मार्टफोन कन्ट्रोलर हो जुन अनुकूलनीय र आरामदायी डिजाइनको साथ आउँदछ। यो अन्य सामान्य स्मार्टफोन कन्ट्रोलर भन्दा अलि भारी भए पनि यसमा उत्कृष्ट बटन र स्टिकहरू सहितको कन्सोल कन्ट्रोलर गुणस्तर डिजाइन पाइने छ।

ब्याकबोन वान जस्तै यसमा पीएस५ रिमोट प्ले र एक्सबक्स गेम पासको लागि समर्थन रहेको छ। यसको हल सेन्सर स्टिकहरूले गर्दा गेमरहरूले महँगो कन्सोल कन्ट्रोलरहरूलाई पनि सताउने गरेको निराशाजनक स्टिक ड्रिफ्ट समस्याबाट बच्न सक्नेछन्।
३. रेजर किशी भी२ः
हाई–इण्ड गेमिङ ल्यापटपदेखि लिएर विभिन्न रेञ्जका पेरिफेरल्स र एक्सेसरिजहरूको लागि रेजर गेमिङ क्षेत्रमा एक परिचित ब्राण्ड हो। रेजर किशी भी२ को साथ, ब्राण्डले आफ्नो मोबाइल गेमिङ एक्सेसरिजहरूको पोर्टफोलियो विस्तार गरेको छ।

कम्पनीले एन्ड्रोइड र आईओएसमा काम गर्ने वायरलेस (ब्लुटुथ) र वायर्ड कनेक्टिभिटी गरी दुवै ल्याउनुका साथै कन्सोल जस्तो अनुभूति प्रदान गर्ने लक्ष्य राखेको छ। रेजर नेक्सस एपले रिम्यापिङ र अनुकूलनको लागि समर्थन थप गरेको हुनाले प्रतिस्पर्धी गेमरहरूको लागि उपयुक्त हुनेछ।
४. एडाप्टर सहितको एक्सबक्स वायरलेस कन्ट्रोलरः
कन्सोल नियन्त्रकको विशेषता चाहनेहरूका लागि, क्लिप–अन फोन एडाप्टरसँग पेयर्ड गरिएको एक्सबक्स वायरलेस कन्ट्रोलर एक उत्तम विकल्प हुनेछ। यसमा भरपर्दो फर्म फ्याक्टर र नियन्त्रणहरू प्राप्त गरिने छ।

यसले ब्लुटुथ र वायर्ड कनेक्सनहरू दुवैलाई समर्थन गर्दछ भने एन्ड्रोइड र आईओएस दुवैसँग काम गर्नेछ। साथै कन्सोल गेमिङको पृष्ठभूमि भएका खेलप्रेमीहरुका लागि र लामो गेमिङ सत्रहरूको लागि यो निकै उत्तम हुनेछ। पहिलेदेखि नै एक्सबक्स वायरलेस कन्ट्रोलर भएकाहरूका लागि यस विकल्पको सिफारिस गरिएको छ।

प्रकाशित: १३ श्रावण २०८२, मंगलवार

तपाइको प्रतिक्रिया