‘युरोपियन अटो ग्रुप’ द्वारा अमेरिका र इयूबीचको सम्झौताको स्वागत

  • Technology Khabar | १२ श्रावण २०८२, सोमबार
‘युरोपियन अटो ग्रुप’ द्वारा अमेरिका र इयूबीचको सम्झौताको स्वागत

काठमाडौं ।

युरोपको मुख्य कार निर्माता समूहले सोमबार इयू–अमेरिका व्यापार सम्झौताको स्वागत गरेको छ । सम्झौता अन्तर्गत युरोपेली अटो निर्यातमा १५ प्रतिशत कर लागु हुनेछ।

‘युरोपियन अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (एसिईए)’ ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो सम्झौताले हालैका महिनाहरूमा ट्रान्सएटलान्टिक व्यापार सम्बन्धको बारेमा तीव्र अनिश्चिततालाई कम गर्ने दिशामा एक महत्वपूर्ण कदम चालेको छ र एसिईए सिद्धान्ततः यस सम्झौताको विकासको स्वागत गर्दछ।

“तैपनि, अमेरिकाले अटोमोबाइल्स र अटोमोटिभ पार्ट्समा उच्च करवेद्धि कायम राख्नेछ, र यसले ईयूमा मात्र होइन अमेरिकामा पनि उद्योगमा नकारात्मक प्रभाव पार्नेछ,” एसिईएले भनेको छ। रासस/एएफपी

प्रकाशित: १२ श्रावण २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • १२ श्रावण २०८२, सोमबार