नेपाल टेलिकमको फोरजीमा अझै समस्या, कम्पनी भन्छ: फल्ट पत्ता लाग्यो समाधानको प्रयास भइरहेको छ

  • Technology Khabar | १२ श्रावण २०८२, सोमबार
नेपाल टेलिकमको फोरजीमा अझै समस्या, कम्पनी भन्छ: फल्ट पत्ता लाग्यो समाधानको प्रयास भइरहेको छ

काठमाडौं ।

झण्डै ४ घण्टादेखि नचलेको नेपाल टेलिकमको फोरजी डाटा तथा मोबाइल नेटवर्क अझै सुचारु हुन सकेको छैन। टुजी र थ्रीजीमा समस्या नभएको तर फोरजीमा विशेष समस्या देखिएको कम्पनीले जनाएको छ। फोरजी डाटा मात्र नभई भीओएलटीई सेवासमेत ठप्प छ।

यससम्बन्धमा नेपाल टेलिकमका सह प्रवक्ता नवीनकुमार मिश्रले टेक्नोलोजीखबरलाई भने, ‘अहिलेसम्म सुधार आएको छैन। प्राविधिक साथीहरु समाधानमा लागिरहनुभएको छ। समस्या कहाँ भएको भनेर पत्ता लागिसक्यो तर सफ्टवेयरको कुरा भएकोले  केही समयमा सेवा सुचारु होला भन्ने अपेक्षा छ।’

उनले अन्य सेवाहरुबारे प्रस्ट पार्दै एफटीटीएचतिरको डाटा चलिरहेको बताउँदै विशुद्ध फोरजी डाटामा समस्या भइरहेको र यसका कारण भोल्टे सेवा पनि नचलेको  जानकारी दिए।

प्रकाशित: १२ श्रावण २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...