Technology Khabar १२ श्रावण २०८२, सोमबार
काठमाडौं ।
अर्को पुस्ताको ग्यालेक्सी एस फ्यान एडिशन फोन सार्वजनिक हुने समय नजिक आएको छ। त्यसैले डिभाइसको बारेमा हल्लाहरू चल्न थालेका छन्। यदि गत वर्ष रिलीज गरिएको ग्यालेक्सी एस२४ एफई को मितिलाई हेर्ने हो भने ग्यालेक्सी एस२५ एफई सेप्टेम्बर महिनामा आउने अपेक्षा गर्न सकिने छ।
पछिल्लो लीकले डिभाइसको मेमोरी र रङ विकल्पहरूको बारेमा विवरण सार्वजनिक गरेका छ। डिभाइसले सामान्य ८जीबी/१२८जीबी र ८जीबी/२५६जीबी स्टोरेज कन्फिगरेसनहरू प्रदान गर्नेछ।
साथै धेरैजसो प्रतिस्पर्धीहरूले २५६ जीबी आधार स्टोरेज प्रदान गर्ने भएकाले डिभाइसका यी स्टोरेज भेरियन्ट अलि निराशाजनक हुने बताइएको छ।
डिभाइसहरु नेभी, आइसी ब्लू, जेट ब्ल्याक र ह्वाइट रङहरूमा उपलब्ध हुने भएका छन्। हालको ग्यालेक्सी एस लाइनअपमा नेभी, जेट ब्ल्याक र आइसी ब्लू रङहरू पहिले नै देखा परिसकेका छन्। साथै, सूचीबद्ध कुनै पनि रङ हालको ग्यालेक्सी एस२४ एफईमा विकल्प नभएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १२ श्रावण २०८२, सोमबार