अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा ५८ हजार बढी राउटर आयात, बाहिरिने रकम भने ३० करोडले घट्यो

Technology Khabar १२ श्रावण २०८२, सोमबार

अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा ५८ हजार बढी राउटर आयात, बाहिरिने रकम भने ३० करोडले घट्यो
बिग डिजिटलको शोरुममा बेच्न राखिएका बिभिन्न ब्राण्डका राउटरहरु। फाइल तस्विर

काठमाडौं ।

गत आर्थिक वर्ष २०८१/२०८२ मा नेपालमा २ अर्ब १४ करोड ३६ लाख ५२ हजार रुपैयाँ बराबरको ८ लाख २६ हजार १५२ थान राउटर आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को समग्र वैदेशिक व्यापार प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको पाइएको हो।

गत आर्थिक वर्ष २०८१/८२ मा आएका उक्त मूल्य बराबरका ८ लाख २६ हजार १५२ थान राउटर अघिल्लो आर्थिक वर्ष १०८०/८१ को तुलनामा सङ्ख्याका आधारमा वृद्धि भएको हो।

तर सङ्ख्या वृद्धि भए पनि यसका लागि बाहिरिने रकम भने उल्लेख्य घटेको छ। सामान्यतया सङ्ख्या बढ्दा रकम बढ्ने र सङ्ख्या घट्दा रकम घट्ने प्रवृत्ति हुने भए पनि यसपटक भने उल्टो भएको छ।

भित्रिएका राउटरको सङ्ख्या अघिल्लो आर्थिक वर्ष अर्थात् २०८०/८१ मा ७ लाख ६७ हजार ८२४ रहेकोमा गत आर्थिक वर्षमा ५८ हजार ३२८ बढेर समग्रमा ८ लाख २६ हजार १५२ पुगेको छ।

तर राउटरको मूल्य भने घटेको छ। अघिल्लो आर्थिक वर्षमा राउटरका लागि २ अर्ब ४४ करोड ८६ लाख ७१ हजार रुपैयाँ बिदेशिएकोमा गत आर्थिक वर्षमा भने ३० करोड कम अर्थात् २ अर्ब १४ करोड ३६ लाख ५२ हजा रुपैयाँ मात्र मूल्य परेको छ।

नेपालमा अधिकांश इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामानहरु सबैभन्दा बढी चीनबाट आउने गर्छन्। गत आर्थिक वर्षमा पनि चीनबाट नै सबैभन्दा धेरै राउटर आयात भएको तथ्याङ्क छ। यसबाहेक विश्वका अन्य १५ देशबाट पनि उल्लेख्य मात्रामा राउटरहरु आयात भएका छन्।

यस्तो छ आयातको विवरण:

क्रं सदेशविवरण (थान)रकम (हजारमा)
अस्ट्रेलिया२३
क्यानडा२४
चीन६४३९९७१५९७२१०
चेक गणतन्त्र५६
फ्रान्स२५४
हङकङ
भारत९१६१५४६
इटली५९२४२
मेक्सिको२८३
१०पोर्चुगल३७५
११कतार
१२सिंगापुर
१३ताइवान९०८६६८७
१४यूएई
१५अमेरिका६७
१६भियतनाम१८०२६६५३६८८२

प्रकाशित: १२ श्रावण २०८२, सोमबार

तपाइको प्रतिक्रिया