इन्फिनिक्स हट ६० सिरिजले विश्वव्यापी रूपमा डेब्यू गर्यो

Technology Khabar ११ श्रावण २०८२, आईतवार

काठमाडौं ।

इन्फिनिक्सले लगभग दुई हप्ता अघि इन्फिनिक्स हट ६० प्रो+ अनावरण गरेको थियो। अब ब्राण्डले थप तीन स्मार्टफोनहरूको साथमा विश्वव्यापी बजारहरूको लागि हट ६० प्रो+(प्लस) प्रस्तुत गरेको छ।

इन्फिनिक्स हट ६० प्रो+(प्लस) हेलियो जी२०० एसओसीको साथमा ८जीबी र्याम र २५६जीबी स्टोरेज अनबोर्डमा समावेश गरिएको छ भने एक्सओएस १५.१ माथि एन्ड्रोइड १५ मा बुट गर्दछ। इन्फिनिक्सले एन्ड्रोइड १८ सम्मका लागि ओएएस अपग्रेड र स्मार्टफोनको लागि पाँच वर्षको लागि सुरक्षा अपडेटहरू प्रदान गर्ने वाचा गरेको छ।

हट ६० प्रो+(प्लस) ६.७८ इन्चको १४४ हर्ज १,२२४पी कर्भ एएमओएलईडी डिस्प्ले रहेको छ जसमा बायोमेट्रिक प्रमाणीकरणको लागि तल फिङ्गरप्रिन्ट रिडर र १३ मेगापिक्सेलको सेल्फी क्यामराको लागि सेन्टर्ड पञ्च होल रहेको छ। स्मार्टफोनको पछाडिको भागमा ५० मेगापिक्सेलको प्राथमिक क्यामराको साथमा सहायक युनिट रहेको छ भने एक्टिभ हेलो लाइट पनि समावेश गरिएको छ।

इन्फिनिक्स हट ६० प्रो+(प्लस) मा ४५ वाट वायर्ड चार्जिङ सपोर्ट भएको ५,१६०एमएएच ब्याट्री रहेको छ। ह्यान्डसेटमा आईपी६५–रेटेड, एनएफसी, जेबीएलद्वारा ट्युन गरिएको डुअल स्टेरियो स्पिकरहरू र वान–ट्याप एआई बटन पनि रहेका छन्।

हट ६० प्रो+(प्लस) का दुई ठूला विशेषताहरूमा डिभाइसको स्लिम प्रोफाइल (५.९५ एमएम) र तौल (१५५ ग्राम) रहेका छन्।

इन्फिनिक्स हट ६० प्रो+(प्लस) टाइटेनियम सिल्भर, मिस्टी भायोलेट, स्लीक ब्ल्याक, सोनिक येलो, मोको साइबर ग्रीन र कोरल टाइड्स कलरवेमा उपलब्ध हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ। साथै एक विशेष संस्करण रुपमा ल्याइउको मोको साइबर ग्रीन मोडेलमा सेन्ट वीभ लेदरको साथ ब्याक प्यानल रहेका छ र यसको सुगन्ध डेभिडफ कूल वाटरबाट प्रेरित भएको जनाइएको छ।

इन्फिनिक्सले हट ६० प्रो+(प्लस) ८ जीबी÷१२८ जीबी र ८ जीबी/२५६ जीबी गरी दुई मेमोरी विकल्पहरूमा बिक्री गर्नेछ। स्मार्टफोन शुत्रबारदेखि केही विश्वव्यापी बजारहरूमा उपलब्ध हुनेछ भने आधार मोडेलको मूल्य १५० अमेरिकी डलर पर्नेछ।

हट ६० प्रो+(प्लस) सँगसँगै इन्फिनिक्सले अन्तर्राष्ट्रिय बजारहरूको लागि हट ६० प्रो, हट ६०आई र हट ६० फाइभजी पनि प्रस्तुत गरेको छ। यी डिभाइसहरु पनि शुत्रबारदेखि नै केही विश्वव्यापी बजारहरूमा उपलब्ध भएको बताइएको छ। इन्फिनिक्सले अझै यी डिभाइसहरूको मूल्य विवरण भने साझा गरेको छैन।

प्रकाशित: ११ श्रावण २०८२, आईतवार

तपाइको प्रतिक्रिया