आईफोन र एन्ड्रोइड लक्षित फास्टर वायरलेस चार्जिङ आउँदै

Technology Khabar १० श्रावण २०८२, शनिबार

काठमाडौं ।

आईफोन र केही एन्ड्रोइड डिभाइसहरूको लागि क्यूआई२ वायरलेस स्ट्याण्डर्डको पछिल्लो संस्करण चाँडै आउने भएको छ।

नयाँ क्यूआई२ २५डब्ल्यूको वायरलेस चार्जिङ गति आफ्नो अघिल्लो क्यूआई२.२ को तुलनामा उल्लेखनीय सुधारको साथ थप शक्तिशाली भएको रिपोर्ट गरिएको छ।

टेलिग्राफका अनुसार क्यूआई २५डब्ल्यू ले उपयुक्त डिभाइसहरूलाई २५ वाटसम्मको पावरको लागि अनुमति दिनेछ जुन अवस्थित क्यूआई२ स्ट्याण्डर्डको तुलनामा ६६ प्रतिशत वृद्धि भएको छ।

क्यूआई२ २५डब्ल्यूको फास्ट (तिव्र) र इफिसियन्ट वायरलेस चार्जिङले वायरलेस चार्जिङको व्यापक प्रयोगलाई प्रोत्साहित गर्नेछ भने यो नयाँ स्ट्याण्डर्ड (मानक) अपनाउने कार्यलाई पनि तीव्र पार्नेछ”,  वायरलेस पावर कन्सोर्टियम (डब्ल्यूपीसी) का सीईओ पल स्ट्रुशेकरले बताएका छन्।

नयाँ आईफोन मोडेलहरूले पहिले नै क्यूआई२ स्ट्याण्डर्ड प्रयोग गरिसकेका छन् त्यसैले क्यूआई२ २५डब्ल्यू अपनाउनु कुनै ठूलो आश्चर्य हुनेछैन।

धेरैजसो एन्ड्रोइड फोनहरूलाई भने आधिकारिक रूपमा क्यूआई२ प्रमाणित नगरिएको हुनाले यो प्लेटफर्मको लागि एउटा महत्वपूर्ण क्षण हुन सक्नेछ।

केही एन्ड्रोइड मोडेलहरूले प्राविधिक रूपमा क्यूआई२ चार्जिङ प्रयोग गर्न सक्षम भएका छन्। यद्यपि तिनीहरूलाई सामान्यतया विशेष म्यागनेटिक (चुम्बकीय) कभर वा एक्सेसरिजहरू आवश्यक पर्नेछ।

त्यसैगरी स्मार्टफोनहरू क्यूआई२ २५डब्ल्यू स्वीकार गर्ने सबैभन्दा नयाँ श्रेणी हुन् भने पावर बैंक र चार्जरहरू सहितका धेरै उत्पादनहरूले यस महिनाको सुरुमा प्रमाणीकरण प्राप्त गरेको छ।

क्यूआई२ २५डब्ल्यू (पहिला क्यूआई२.२ को रूपमा चिनिने) पहिलो पटक अप्रिलमा घोषणा गरिएको थियो। सय भन्दा धेरै डिभाइसहरू हाल आधिकारिक परीक्षण र प्रमाणीकरणको लागि कतारमा रहेको डब्ल्यूपीसीले जानकारी दिएको छ। उक्त सूचीमा कुन एन्ड्रोइड फोनहरू समावेश छन् भन्ने बारेमा भने अझै थाहा नभएको टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: १० श्रावण २०८२, शनिबार

तपाइको प्रतिक्रिया