Technology Khabar १० श्रावण २०८२, शनिबार
काठमाडौं ।
सामसङले जुलाई २०२५ को सेक्युरिटी प्याच अपडेट धेरै ग्यालेक्सी फोन र ट्याब्लेटहरूमा जारी गरेको छ। यस सेक्युरिटी (सुरक्षा) प्याचले गर्दा ती डिभाइसहरू एन्ड्रोइड डिभाइसहरूमा पाइएका हालैका कमजोरीहरूबाट सुरक्षित रहने छन्। सधैं जस्तै, रोलआउट क्रमिक हुने भएकाले केही प्रयोगकर्ताहरूले पहिले नै अपडेट प्राप्त गरिसकेका हुन सक्ने बताइएको छ भने अन्य प्रयोगकर्ताहरूले क्षेत्र र मोडेलको आधारमा अलि बढी पर्खनु पर्ने हुन सक्छ।
जुलाई २०२५ को सेक्युरिटी प्याच पहिले नै धेरै ग्यालेक्सी डिभाइसहरूमा रोल आउट भइसकेको बताइएको छ जसमा फ्ल्यागशिप फोनहरू, मिड–रेञ्ज फोनहरूका साथै केही ट्याब्लेटहरू समावेश छन्। साथै सामसङले आगामी दिन र हप्ताहरूमा थप डिभाइसहरूमा आफ्नो रोलआउट विस्तार गर्न जारी राख्नेछ। हाल अपडेट प्राप्त गरिरहेका सामसङ डिभाइसहरूको सूची यहाँ रहेको छ।
सामसङको जुलाई २०२५ सेक्युरिटी अपडेट यी डिभाइसहरूको लागि उपलब्ध छः
यी ग्यालेक्सी डिभाइसहरूले हाल जुलाई २०२५ को सुरक्षा प्याच प्राप्त गरिरहेका छन्। यदि तपाईंको डिभाइस सूचीमा परेका छ भने र तपाईंले अझै पनि अपडेट प्राप्त गर्नुभएको छैन भने यो अब जुनसुकै बेला आउन सक्नेछ। यो बिस्तारै बाँकी रहेका डिभाइसहरूमा विस्तार हुनेछ। तपाईं सेटिङ्गस श्र सफ्टवेयर अपडेटहरूमा नेभिगेट गरेर र डाउनलोड र इन्स्टल बटन ट्याप गरेर नयाँ अपडेटहरूको लागि म्यानुअल रूपमा जाँच गर्न सक्नुहुनेछ।
सामसङको जुलाई २०२५ सेक्युरिटी प्याचको विवरणहरूः
जुलाई २०२५ सेक्युरिटी प्याचमा गुगल र सामसङबाट धेरै समाधानहरू समावेश छन् जसले सामसङ डिभाइसहरूको सुरक्षालाई अझ बलियो बनाउँछ। पछिल्लो सुरक्षा प्याचमा एन्ड्रोइड ओएसमा २१ उच्च–स्तर र एउटा महत्वपूर्ण जोखिमको लागि समाधानहरू समावेश रहेको सामसङको सुरक्षा मर्मतसम्भार रिलीज पेज (पृष्ठ) मा प्रकाशित विवरणहरूमा उल्लेख गरिएको छ।
गुगलको प्याचहरूको अतिरिक्त, जुलाई सेक्युरिटी प्याचमा केही एक्सिनोस चिपसेटहरूलाई असर गर्ने एउटा उच्च–स्तर सुरक्षा प्याच पनि समावेश छ। थप रूपमा, यसले १७ सामसङ जोखिम र एक्सपोजर (एसभीई) लाई सम्बोधन गर्नेछ। यी डिभाइस–स्पेसिफिक प्याचहरू सामसङ फोन, ट्याब्लेट र वेयरेबल्सहरूमा लागू हुनेछन्।
सुरक्षा अपडेटहरूले सामान्यतया नयाँ सुविधाहरू वा दृश्य परिवर्तनहरू ल्याउँदैनन् र यो जुलाई २०२५ सेक्युरिटी (सुरक्षा) प्याचको लागि पनि यअी तथ्य लागू भएको बताइएको छ। यद्यपि, तिनीहरूले सम्भावित खतराहरू विरुद्ध अधिकतम सुरक्षा सुनिश्चित गर्न महत्त्वपूर्ण जोखिम समाधानहरू समावेश गर्दछन् भनि गीज्मोचाइनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १० श्रावण २०८२, शनिबार