तनहुँमा पार्किङमै चार्जिङ स्टेसनको व्यवस्था गरिँदै

  • Technology Khabar | १० श्रावण २०८२, शनिबार
तनहुँमा पार्किङमै चार्जिङ स्टेसनको व्यवस्था गरिँदै
सांकेतिक तस्बिर

काठमाडौं ।

दमौली सभा हलमा रहेको पार्किङमा विद्युतीय चार्जिङको व्यवस्था गर्ने तयारी भइरहेको छ। व्यास नगरपालिकाद्वारा सञ्चालनमा रहेको सभा हलको सःशुल्क पार्किङमा व्यवस्था गर्न लागिएको हो।

विद्युतीय सवारीसाधनको सङ्ख्या बढेकाले चार्ज गर्ने सुविधा प्रदान गर्ने विषयमा सात दिनभित्र राय प्रतिवेदन दिन पूर्वाधार विकास समितिलाई निर्देशन दिने निर्णय गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए। चार्जिङसहितको पार्किङको व्यवस्थाले बजार क्षेत्रमा सडकमा सवारी राख्दा ओहोरदोहोर गर्न परेको समस्या समाधान गर्न सहज हुने विश्वास लिइएको नगरपालिकाले जनाएको छ।

त्यसै गरी व्यास नगरपालिकाले राजस्व सङ्कलनमा झन्डै ९९ प्रतिशत प्रगति हासिल गरेको छ। व्यास नगर सभाबाट आर्थिक वर्ष २०८१/८२ का लागि आन्तरिक आयमा ९८.७४ प्रगति भएको व्यास नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ९ का वडाध्यक्ष सुरेश थापाले जानकारी दिए।

आजको गोरखापत्रबाट

प्रकाशित: १० श्रावण २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

जर्मनीका सवारीसाधन चीनमा लोकप्रिय बन्दै

  • Technology Khabar
  • १० श्रावण २०८२, शनिबार