उपलब्ध भयो आईओएस २६ पब्लिक बिटा: साथमा आईप्याडओएस २६, टिभीओएस २६, र वाचओएस २६ को पनि सार्वजनिक

Technology Khabar १० श्रावण २०८२, शनिबार

काठमाडौं ।

एप्पलले आफ्ना सबै आगामी सफ्टवेयर अपडेटहरूको लागि सार्वजनिक बिटाहरू जारी गरेको छ। प्रयोगकर्ता सुरुमा एप्पलको बिटा सफ्टवेयर कार्यक्रम पेजमा आफ्ना समर्थित डिभाइसहरू दर्ता गरेर यी मध्ये कुनै पनि अपडेटहरू प्राप्त गर्न सक्नेछन्। डिभाइसहरू दर्ता भएपछि नयाँ बिटाहरू लागू गर्नका लागि प्रम्प्ट गरिने छ।

जीएसएमएरिनाका अनुसार एप्पलले जारी गरेको आफ्ना सबै आगामी सफ्टवेयर अपडेटहरूको लागि सार्वजनिक बिटाहरूमा आईओएस २६, आईप्याडओएस २६, वाचओएस २६, टिभीओएस २६, म्याकओएस ताहो २६ र होमपड सफ्टवेयर २६ रहेका छन्।

साथै अर्को वर्ष सन् २०२६ हुने भएकाले एप्पलले २६ अङ्क चयन गरेको र यी सबै सन् २०२५ को सेप्टेम्बर महिनामा सबैका लागि जारी गरिने उल्लेख गरिएको छ।

यी सबैमा मुख्य रुपमा नयाँ कुरा भनेको लिक्विड ग्लास भनिने एप्पलको नयाँ डिजाइन ल्याङ्गवेज रहेको बताइएको छ। यस नयाँ डिजाइन ल्याङ्गवेजले विन्डोज भिस्टाका फ्यानहरू थप खुसी हुने उल्लेख गरिएको छ।

यो निस्सन्देह रुपमा क्रान्तिकारी (त्यस समयमा) विन्डोज रिलीजबाट प्रेरित भएको र सबैतिर पारदर्शिता अपनाउने भन्ने एउटै विचार भए तापनि तिनीहरु बीच धेरै ठूला भिन्नताहरू रहेको छन्।

त्यसो भन्दै गर्दा, स्पष्टता (वा यसको अभाव) सँग सम्बन्धित केही सार्वजनिक आक्रोश पछि पहिलो विकासकर्ता बिटा बाहिर आएदेखि केही यूआई भागहरूमा भने पारदर्शिताको स्तर कम गरिएको छ।

यी बिटाहरु पूर्ण रूपमा अझै सहज तवरले निर्माण नभएको र बगहरू उत्पन्न हुन सक्छन्/हुनेछन् भने केही चीजहरू बिग्रन सक्ने कुरामा ध्यान दिनका लागि आग्रह गरिएको छ।

तसर्थ प्रयोगकर्ताहरूलाई सातै दिन र चौबिसै घण्टा प्रयोगका लागि आवश्यक पर्ने डिभाइसमा यस्तो बिटा नचलाउनका लागि सिफारिस गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: १० श्रावण २०८२, शनिबार

तपाइको प्रतिक्रिया