त्रियुगाका स्वास्थ्य संस्थालाई कम्प्युटर वितरण

  • Technology Khabar | १० श्रावण २०८२, शनिबार
त्रियुगाका स्वास्थ्य संस्थालाई कम्प्युटर वितरण
सांकेतिक तस्बिर

काठमाडौं ।

उदयपुरको त्रियुगा नगरपालिकाले स्वास्थ्य क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको नगरप्रमुख वसन्तकुमार बस्नेतले बताएका छन्।

त्रियुगा नगर स्वास्थ्य शाखाले आयोजना गरेको एक कार्यक्रममा नगरप्रमुख बस्नेतले नगरमातहत रहेका विभिन्न २४ वटा आधारभूत स्वास्थ्य संस्थालाई प्रविधिमैत्री बनाउने उद्देश्यले कम्प्युटरलगायतका उपकरण निःशुल्क वितरण गर्दै उक्त कुरा बताएका हुन्।

नगरप्रमुख बस्नेतले पछिल्लो समय त्रियुगा नगरपालिकाले निःशुल्क रगत उपलब्ध गराउँदै आएको, मोतीविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया, ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रवाह, शारीरिक रूपले अशक्त र अनाथलाई घर घरमै गएर स्वास्थ्य सेवा प्रवाह गर्दै आएको बताए।

उनले नगरपालिकाले मानसिक रोगका बिरामीको निःशुल्क स्वास्थ्य उपचार, सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवासहित सुत्केरी प्याकेज कार्यक्रम सञ्चालन र विभिन्न ११ वटा सामुदायिक विद्यालयमा एक एक जना स्टाफ नर्ससहितको निःशुल्क नर्सिङ सेवा प्रवाह गर्दै आएको बताए।गोरखापत्रबाट

प्रकाशित: १० श्रावण २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • १० श्रावण २०८२, शनिबार