एक वर्षमा ६ करोड हाराहारीको ६५ हजार थानभन्दा बढीले घट्यो स्मार्ट वाच आयात

Technology Khabar ९ श्रावण २०८२, शुक्रबार

काठमाडौं ।

नेपालमा गत आर्थिक वर्ष २०८१/८२ मा साढे  १ लाख ७३ हजार ६७८ थान स्मार्टवाच आयात भएको छ। यसका लागि समग्रमा २९ करोड ४५ लाख ६२ हजार रुपैयाँ बाहिरिएको छ।

भन्सार विभागले हालै जारी गरेको आर्थिक वर्ष २०८१/८२ को समग्र वैदेशिक व्यापारको तथ्यांक अनुसार नेपालमा २९ करोड ४५ लाख ६२ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात वापत् सरकारले ८ करोड ९० लाख ९८ हजार राजस्व संकलन गरेको छ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ३५ करोड ५१ लाख ४८ हजार बराबरको २ लाख ३९ हजार ६६९ थान स्मार्टफोन आयात भएको थियो।

तुलनात्मक रुपमा हेर्दा अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा ६ करोड ५ लाख ८६ हजार बराबरको ६५ हजार ९९१ थान कम स्मार्टफोन आयात भएको देखिन्छ।

आर्थिक वर्षहरुको तुलनात्मक अध्ययनका आधारमा घटबढ देखिए पनि नेपालमा स्मार्टवाच आयात हुने प्रवृत्ति र देशमा भने खासै बदलाव आएको छैन। नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आउने गरेको छ। गत आर्थिक वर्षमा पनि चीनबाट २१ करोड ७० लाख ४५ हजार रुपैयाँ बराबरको १ लाख ५० हजार ३ थान स्मार्टफोन आयात भएको छ।

भारतबाट १० अर्ब ३ करोड २२ लाख ५५ हजार रुपैयाँ बराबरको ४ लाख २४ हजार ८४४ थान स्मार्टफोन आएको भन्सार विभागको तथ्याङ्कमा देखिन्छ।

यसबाहेक अन्य २५ देशबाट पनि विभिन्न परिमाण र मूल्यका स्मार्टवाच आयात भएको विवरणमा उल्लेख छ।

यस्तो छ विवरण: 

क्रं सदेशविवरण (थान)रकम (हजारमा)
अस्ट्रेलिया३२३३४
चीन१५०००३२१७०४५
जर्मनी७९१०९
हङकङ४७४११
भारत२१८९९३७८४६
इजरायल२०१३
द कोरिया३१६४७
कुवेत१०८४८
कतार५४२६
१०साउदी अरेबिया१६
११यूएई४४३१०
१२अमेरिका५२४६०
१३भानुआटु१०१०
१४भियतनाम१२४९३६९३०

प्रकाशित: ९ श्रावण २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया