गुगल पिक्सेल १० प्रो र पिक्सेल १० प्रो एक्सएलमा उपलब्ध हुने सबै रङ्गहरू देखा परे

Technology Khabar ९ श्रावण २०८२, शुक्रबार

काठमाडौं ।

गुगलको आगामी पिक्सेल १० प्रो र पिक्सेल १० प्रो एक्सएल स्मार्टफोनहरूको रङ्गहरू लीक भएका छन्। यस अघि केही लीक भएका रेन्डरहरूले आगामी गुगल पिक्सेल १० को सबै आगामी कलरवेजहरूमा स्मार्टफोनलाई देखाएको थियो।

पिक्सेल १० प्रोलाई ओब्सिडियन, पोर्सिलेन, मुनस्टोन र जेड रङ्गहरुमा प्रस्तुत गरिने उल्लेख गरिएको छ। गुगलको रङको नामहरूका अनुसार ओब्सिडियनले कालो÷गाढा खैरो रङ्गलाई जनाउँछ भने पोर्सिलेनले सेतो रङ्गलाई जनाउने बताइएको छ। त्यसैगरी मुनस्टोनले स्लेट ब्लू–ग्रे (नीलो–खैरो) रङ्गलाई जनाउँछ भने जेडले गोल्ड (सुनौलो) एक्सेन्ट भएको नरम पिस्टाक्यो ग्रिन (हरियो) रङ्गलाई जनाउने उल्लेख गरिएको छ।

पिक्सेल १० प्रो एक्सएल यसको आफ्नो नन–एक्सएल सिबलिङ (पिक्सेल १० प्रो) जस्तै ठ्याक्कै उही ह्यूज (रङ्गहरू) मा आउने भएको छ जसले यसका प्रशंसकहरुलाई निराशा बनाउन सक्ने उल्लेख गरिएको छ। गुगलले यहाँ केहि फरक रङ्गहरूमा डिभाइसलाई प्रस्तुत गर्न सक्थ्यो भनि थप उल्लेख गरिएको छ। तर कम्पनीले मुनस्टोन, ओब्सिडियन, जेड र पोर्सिलेन रङ्गहरू छनौट गरेको हुनाले पिक्सेल १० प्रो एक्सएल केवल ठूलो पिक्सेल १० प्रो हो र अरू केहि होइन भन्ने तथ्यलाई थप बलियो बनाउन सहयोग पुर्याएको उल्लेख गरिएको छ।

पिक्सेल १० प्रो एक्सएलमा ५,२०० एमएएच ब्याट्री हुने हल्ला रहेको छ जुन पिक्सेल स्मार्टफोनमा देखिएको सबैभन्दा ठूलो ब्याट्री क्षमता हुनेछ। सबै पिक्सेल १० डिभाइसहरू टीएसएमसीद्वारा निर्मित टेन्सर जी५ चिपसेटद्वारा संचालित हुनेछन् भने तिनीहरू सबैमा टेलिफोटो क्यामराहरू र म्याक्रो क्षमताहरू पनि हुनेछन्। साथै पिक्सेल १० परिवारका सबै डिभाइसहरू अगस्ट २० तारिखमा आधिकारिक हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ९ श्रावण २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया