नेपाल टेलिकमले आज र भोली मध्यरात आफ्नो सिस्टम अपग्रेड गर्दै, उक्त अवधिमा सेवामा केही समस्या आउन सक्ने चेतावनी

Technology Khabar ८ श्रावण २०८२, बिहीबार

काठमाडौं ।

नेपाल टेलिकमले आज र भोली राती आफ्नो सिस्टम अपग्रेड गर्दै नेटवर्कको गुणस्तर अभिवृद्धि गर्ने भएको छ। सो अविधमा कम्पनीका सेवाहरुमा समस्या आउन सक्ने चेतावनी दिएको छ।

कम्पनीले सार्वजनिक सूचनामार्फत दुई दिन मध्यरात करिब ४ घण्टा भ्वाइस/एसएमएस/डाटा सेवामा केही समस्या आउन सक्ने बताएको हो।

“मोबाइल सेवा प्रणालीको गुणस्तर अभिवृद्धि कार्यको लागि मिति २०८२/०४/०८ तथा २०८२/०४/०९ गते राति ११:५५ बजे देखि करीब ४ घण्टा नेटवर्कको गुणस्तर अभिवृद्धि सम्बन्धी कार्य हुने हुँदा उक्त समयमा भ्वाइस/एसएमएस/डाटा सेवामा केही समस्या ‘आउन सक्ने भएकोले यो सूचना जारी गरिएको छ।” कम्पनीले भनेको छ।

प्रकाशित: ८ श्रावण २०८२, बिहीबार

तपाइको प्रतिक्रिया