Technology Khabar ८ श्रावण २०८२, बिहीबार
काठमाडौं ।
भियना युनिभर्सिटी अफ टेक्नोलोजी र प्रख्यात अमेरिकी हार्वर्ड युनिभर्सिटीका वैज्ञानिकहरूले नयाँ प्रकारको लेजर विकास गरेका छन् जसले औषधिदेखि ग्यास उद्योगसम्म लिएर इन्फ्रारेड प्रकाशको प्रयोग गर्ने तरिकालाई परिवर्तन गर्न सक्नेछ।
अघिल्ला डिभाइसहरू भन्दा फरक रहेको यो नयाँ लेजर अत्यन्तै सरल भएको बताइएको छ। यसमा कुनै मुभिङ पार्ट (चल्ने भाग)हरू नभएको, सानो चिपमा फिट हुन सक्ने र यसको शक्ति र “रङ” ठूलो परिशुद्धताका साथ समायोजन गर्न सकिने दाबी गरिएको छ।
यस आविष्कारको केन्द्रमा सेमिकन्डक्टर्स भनिने विशेष सामग्रीबाट बनेको सानो रिङ्ग–आकारको भागहरूको एउटा डिजाइन रहेको छ। प्रत्येक रिङले फरक प्रकारको इन्फ्रारेड प्रकाश “उत्पादन” गर्दछ। विद्युतीय प्रवाह बढाएर वा घटाएर, वैज्ञानिकहरूले कुन रिङ्ग सक्रिय गर्ने भनेर छनौट गर्न सक्नेछन् भने त्यसै अनुसार लेजरले इन्फ्रारेड प्रकाशको कुन “रङ” उत्सर्जन गर्नेछ।
“विगतमा, सटिक लेजर डिभाइसहरूलाई प्रकाशको रङ्ग परिवर्तन गर्नको लागि चल्ने भागहरू आवश्यक पर्ने गर्द थियो। यसै कारणले गर्दा तिनीहरू जटिल, महँगो र संवेदनशील हुने गरेका । अब हामी कुनै पनि चल्ने भागहरू बिना यो हासिल गर्न सफल भएका छौं” भनि यस परियोजनाका नेताहरू मध्ये एक, भियनाको प्राविधिक विश्वविद्यालयका प्रोफेसर बेनेडिक्ट श्वार्जले उल्लेख गरे।
यस प्रकारको लेजरमा विस्तृत दायराको प्रयोगहरुका लागि ठूलो सम्भावना रहेको उल्लेख गरिएको छ। चिकित्सा क्षेत्र तर्फ यसलाई सही निदानको लागि प्रयोग गर्न सकिने बताइएको छ जहाँ सटिक मापन धेरै महत्त्वपूर्ण खुने गर्दछ। सुरक्षाको क्षेत्रमा, यसले ग्यास र अन्य खतरनाक पदार्थहरू पत्ता लगाउन सक्षम बनाउँछ जुन विशेष गरी उद्योग र वातावरणीय संरक्षणको लागि महत्त्वपूर्ण हुने गरेको छ। साथै, दूरसञ्चारमा, यसले प्रकाशको स्थिर र भरपर्दो स्रोत प्रदान गर्दछ, जुन छिटो डाटा प्रसारणको लागि आवश्यक पर्दछ।
“यस डिजाइनले गर्दा लेजर धेरै स्थिर भएको छ र धुलो वातावरण वा अस्थिर अवस्थामा प्रयोग गर्दा पनि यसले शुद्धता नगुमाउने” भनि भियनाको विशेष प्रयोगशालाहरूमा डिभाइसको विकासमा भाग लिने पीएचडी विद्यार्थी जोहानेस फुच्सबर्गर बताउँछन्।
यो नयाँ लेजर प्रविधिको लागि पेटेन्ट पहिले नै दर्ता गरि सकिएको र अनुसन्धानकर्ताहरूले यो चाँडै बजारमा पुग्न सक्ने विश्वास व्यक्त गरेका छन्। त्यसैगरी उही प्रविधिलाई लाइट (प्रकाश) स्पेक्ट्रमका अन्य भागहरूको साथै इन्फ्रारेड मात्र नभइ भिजिबल लाइट (प्रकाश) को लागि पनि अनुकूलित गर्न सकिने छ भनि टेलिग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: ८ श्रावण २०८२, बिहीबार