Technology Khabar ८ श्रावण २०८२, बिहीबार
काठमाडौं ।
टी–मोबाइलले बिहीबार ३० हजार दैनिक सक्रिय प्रयोगकर्ताहरूसँगको महिनौंको परीक्षण पछि अब यसको आफ्नो उपग्रह सञ्चार सेवा ‘टी–स्याटेलाइट’ सबैका लागि सामान्य रुपमा उपलब्ध भएको घोषणा गरेको छ। कुल मिलाएर, २० लाख मानिसहरूले यसको परीक्षण चरणमा पहिले नै यसलाई परीक्षण (टेस्ट) गरिसकेका छन्।
टी–स्याटेलाइटमा पठाइएका सन्देशहरू भन्दा तीन गुणा बढी सन्देशहरू प्राप्त भएको रोचक तथ्यको खुलासा गरिएको छ। टी–स्याटेलाइटले मूल रूपमा सेल टावरहरूले जस्तै काम गर्नका लागि ६५० भन्दा बढी लो–अर्थ अर्बिट स्याटेलाइटहरू प्रयोग गर्दछ। टी–मोबाइलले यसलाई “सबैभन्दा ठूलो स्याटेलाइट–टु–मोबाइल कन्स्टेलेसन” को रूपमा उल्लेख गरेको छ।
यसले हाल एन्ड्रोइड र आईफोन दुवैमा कुनै पनि एपहरुको आवश्यकता बिना नै ६० भन्दा बढी फोनहरूमा काम गर्दछ। टी–स्याटेलाइटले “सामान्यतया गरिने जस्तै” टेक्स्टिङ सेवा प्रदान गर्दछ। यो रेञ्ज (दायरा) मा हुँदा स्वचालित रूपमा जडान हुनेछ र जडान हुँदा “एसएटी” आइकन देखिने बताइएको छ। स्याटेलाइटहरू चलिरहने भएको हुनाले सेवामा छोटो अन्तर हुन सक्ने र तपाईंको सन्देश पठाउन सफल नभएसम्म फोनले प्रयास गरिरहने उल्लेख गरिएको छ।
टी–स्याटेलाइट टी–मोबाइलको एक्सपेरियन्स बियोण्ड र गोफाइभजी योजनाहरूमा समावेश गरिनुको साथै बिटाको हिस्सा रहेका ग्राहकहरूको लागि एक्सपेरियन्स मोरमा पनि समावेश रहेको जनाइएको छ। त्यसैगरी प्रति महिना १० अमेरिकी डलरमा स्याटेलाइट सपोर्ट (समर्थन) थप्न गर्न सकिने उललेख गरिएको छ। यसबाहेक गैर–ग्राहकहरूले पनि समान मूल्यमा “सीमित समयको लागि” टी–स्याटेलाइट प्राप्त गर्न सक्ने बताइएको छ। सेवाले हाल महाद्वीपीय अमेरिका र प्यूर्टो रिको, हवाई र “दक्षिणी अलास्काको केही भागहरू” लाई समेट्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ८ श्रावण २०८२, बिहीबार