व्यवसाय लक्षित माइक्रोसफ्ट सर्फेस ल्यापटप फाइभजी इन्टेल कोर अल्ट्रा सिरिज २ सहित सार्वजनिक

Technology Khabar ८ श्रावण २०८२, बिहीबार

काठमाडौं ।

माइक्रोसफ्टले व्यावसायिक प्रयोगकर्ताहरूको लागि सर्फेस ल्यापटप फाइभजी सार्वजनिक गरेको छ। यो नयाँ ल्यापटप इन्टेल कोर अल्ट्रा (सिरिज २) प्रोसेसरहरूमा चल्दछ भने यसमा नानोसिम र ई-सिम दुवैको लागि समर्थन भएको एकीकृत फाइभजी मोडेम समावेश छ।

सर्फेस ल्यापटपको रोलआउट २०२५ को अगस्ट २६ तारिखमा भेरिजोन बिजनेस सहित माइक्रोसफ्टका व्यावसायिक साझेदारहरू मार्फत सुरु गरिने गीज्मोचाइनाले उल्लेख गरेको छ।

ल्यापटपको बडी (शरीर) भरि राखिएको ६ ओटा एन्टेनामा गतिशील एन्टेना प्रणाली रहेको छ। प्रणालीले ल्यापटप कसरी राखिएको छ भन्ने आधारमा सिग्नल स्ट्रेन्थ (शक्ति) र दिशा समायोजन गर्दछ जसले स्थिर फाइभजी कनेक्टिभिटी कायम राख्न मद्दत गर्नेछ। साथै यसले अन्य डिभाइसहरूसँग फाइभजी कनेक्सन (जडान) साझेदारी गर्न मोबाइल हटस्पटको रूपमा पनि काम गर्नेछ।

सर्फेस ल्यापटप फाइभजीमा २३०४ × १५३६ पिक्सेल रिजोल्युसन र १२० हर्ज रिफ्रेस रेटसहितको १३.८ इन्चको टचस्क्रिन छ। यसले एचडीआर, डल्बी भिजन आईक्यू, र रङ्ग प्रविधिलाई समर्थन गर्दछ।

यो नयाँ ल्यापटप १६ जीबी वा ३२ जीबी एलपीडीडीआर५× र्याम र २५६ जीबी, ५१२ जीबी वा १ टीबीको स्टोरेज विकल्पहरूसँग रिमुभेबल (हटाउन सकिने) जेन ४ एसएसडी को साथ आउनेछ।

ल्यापटपमा एआई इफेक्टस (प्रभावहरू) सहितको फुल एचडी सर्फेस स्टुडियो क्यामरा, डल्बी एटमस सहितको ओम्निसोनिक स्पिकरहरू, सुधारिएको किबोर्ड र ठूलो ह्याप्टिक प्रेसिजन टचप्याड समावेश छन्।

लोकेसन सपोर्ट (स्थान समर्थन) मा जीएनएसएस एल१, जीपीएस, ग्यालिलियो, बेइडो, क्यूजेडएसएस र एनएभीआईसी समावेश छन्। पोर्टहरूको लागि, ल्यापटपमा यूएसबी४ र थन्डरबोल्ट ४ समर्थन सहित दुई यूएसबी–सी पोर्टहरू (दुईओटा फोरके मोनिटरहरू जडान गर्न सकिने), यूएसबी–ए ३.१ पोर्ट, ३.५ एमएम हेडफोन ज्याकको साथ सर्फेस कनेक्ट पोर्ट समावेश छन्।

मूल्य निर्धारण र उपलब्धताः

सर्फेस ल्यापटप फाइभजी सिल्भर रङ्गमा उपलब्ध हुनेछ। साथै इन्टेल कोर अल्ट्रा ५, १६ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको बेस मोडेलको मूल्य १,७९९.९९ अमेरिकी डलर कायम गरिएको छ।

त्यसैगरी इन्टेल कोर अल्ट्रा ७, ३२ जीबी र्याम र १ टीबी स्टोरेज भएको शीर्ष भेरियन्टको मूल्य २,६९९.९९ अमेरिकी डलर रहेको छ। यो आगामी महिनाहरूमा माइक्रोसफ्टका व्यापारिक साझेदारहरू र चयन गरिएका भेरिजोन स्टोरहरू मार्फत बिक्री गरिने गीज्मोचाइनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ८ श्रावण २०८२, बिहीबार

तपाइको प्रतिक्रिया