Technology Khabar ८ श्रावण २०८२, बिहीबार
काठमाडौं ।
एप्पलले आधिकारिक रूपमा साउदी अरेबियामा अवतरण गरेको छ। साउदी अरेबियामा अहिलेसम्म कम्पनीका उत्पादनहरू उपलब्ध भए पनि कम्पनीले अब त्यहाँ आफ्नो आधिकारिक अनलाइन स्टोर खोलेको छ। साउदी अरेबियामा एप्पल स्टोर एप पनि प्रयोग गर्न सकिनेछ र यसले अरबी भाषालाई समर्थन गर्नेछ।
जीएसएमएरिनाका अनुसार एप्पलले आफ्ना “प्रतिभाशाली, समर्पित टोली सदस्यहरू” लाई धन्यवाद दिँदै “असाधारण सेवा” प्रदान गर्ने वाचा गरेको छ। वेब वा एप मार्फत अनलाइन स्टोरमा कम्पनीको उत्पादनहरूको पूर्ण लाइनअप राखिने छ। एपमा, पहिले नै आफ्नो स्वामित्वमा रहेका एप्पल उत्पादनहरूको आधारमा अनुकूलित सिफारिसहरू प्रदान गरिने छ।
त्यसैगरी विभिन्न मोडेलहरू तुलना गर्न, बचत गरिएका वस्तुहरू पहुँच गर्न र सजिलैसँग आफ्नो अर्डरहरू ट्र्याक गर्न सकिनेछ। म्याकहरूको लागि, कन्फिगर–टु–अर्डर विकल्पहरू उपलब्ध हुनेछन् भने आफ्नो एप्पल वाच केस र ब्याण्ड संयोजनलाई पनि निजीकृत गर्न सकिनेछ।
साथै एयरपड्स, एप्पल पेन्सिल र एयरट्यागको लागि अरबी र अंग्रेजी गरी दुवै भाषामा निःशुल्क इनग्रभिङ सेवा उपलब्ध भएको बताइएको छ जसमा टेक्स्ट, इमोजी र डुअल ल्याङ्गवेज (दोहोरो भाषा) मा अङ्कहरू रहेका छन्।
त्यसका साथै च्याट र फोन मार्फत समर्थन प्रदान गरिनेछ भने अर्डर प्राप्त गरेपछि पर्सनल (व्यक्तिगत) सेटअप, आईओएसमा स्विच गर्ने, साथै सेलुलर एक्टिभेसनमा मद्दत प्राप्त गर्न एप्पल टोली सदस्यसँग अनलाइन सम्पर्क गर्न सकिने छ।
यस बाहेक शून्य प्रतिशत ब्याजमा चार मासिक किस्ताहरू सहित, ‘बाइ नाउ पे लेटर’ (अब किन्नुहोस् पछि भुक्तानी गर्नुहोस्) विकल्प पनि उपलब्ध हुनेछ।
साउदी अरेबियामा कम्पनीको ट्रेड–इन कार्यक्रम जस्तै एप्पलकेयर प्लस पनि समर्थित हुनेछ। एप्पलले अर्को वर्ष साउदी अरेबियामा भौतिक स्टोरहरू खोल्न सुरु गर्ने योजना बनाएको छ र युनेस्को विश्व सम्पदा स्थल दिरियाहमा पनि खुद्रा स्टोर खोलिने जीएसएमएरिनाले रपोर्ट गरेको छ।
प्रकाशित: ८ श्रावण २०८२, बिहीबार