Technology Khabar ७ श्रावण २०८२, बुधबार
काठमाडौं ।
अनुसन्धानकर्ताहरूले आलुबाली लक्षित एउटा नयाँ एप विकास गरिरहेका छन्। यो नयाँ एपले कृत्रिम बुद्धिमत्ता प्रयोग गरेर किसानहरूलाई आलु बालीलाई नष्ट गर्न सक्ने ढुसीजन्य रोगको बारेमा सचेत गराउनेछ।
बीबीसीका अनुसार एपले किसानहरूलाई मानव आँखाले देख्नुअघि नै आफ्नो फोन प्रयोग गरेर आलु बाली सम्बन्धित समस्या पत्ता लगाउन सघाउने वेल्शका वैज्ञानिकहरू बताउँछन्।
यो रोग आलुबालीको २० प्रतिशत क्षति र विश्वव्यापी रूपमा ३.५ अर्ब पाउण्डको आर्थिक क्षतिको लागि जिम्मेवार रहेको एबेरिस्टविथ विश्वविद्यालयको अनुसन्धान टोलीले जानकारी दिएका छन्।
प्रारम्भिक निदानले उत्पादकत्व बढाउने र किसानहरूको लागत घटाउनुका साथै वातावरणीय रूपमा हानिकारक कीटनाशकहरूमा निर्भरता घटाउनेउनीहरूले थप उल्लेख गरे।
डीपडिटेक्ट परियोजनाले किसानहरूलाई उनीहरूको स्मार्टफोनमा सही, स्थान–विशिष्ट रोग निदान प्रदान गर्नको लागि मेसिन लर्निङ प्रयोग गर्ने रिपोर्ट गरिएको छ।
“सुरुदेखि नै किसान प्रतिक्रियालाई एकीकृत गरेर, हामी यो प्रविधि वास्तविक–विश्व आवश्यकताहरू र चुनौतीहरूमा आधारित रहेको सुनिश्चित गर्नेछौं” एबेरिस्टविथ विश्वविद्यालयका कम्प्युटर विज्ञान व्याख्याता एडोर अकपोकोडजेले भने।
यस प्रविधिमा अन्य बालीहरूका लागि पनि व्यापक प्रयोगको सम्भावना रहेको उनले बताए।
यस परियोजनाले निवारक स्प्रेइङको वातावरणीय र वित्तीय भार कम गर्ने लक्ष्य राखेको छ। हाल वेल्शका किसानहरूको वार्षिक ५.२७ मिलियन पाउन्ड स्टर्लिङकोसम्म खर्च हुने गरेको अनुसन्धानकर्ताहरूले बताए।
आलु विश्वव्यापी रूपमा एक महत्त्वपूर्ण बाली हो र वेल्समा १७,००० हेक्टरभन्दा बढी जमिनमा आलु खेती गरिन्छ। टोलीले स्वस्थ र रोगग्रस्त आलुका पातहरूको इमेज डाटासेट प्रयोग गरेर एआई–सञ्चालित प्रोटोटाइप सिर्जना गर्ने योजना बनाएको छ।
त्यसपछि यसले मोडेललाई परिष्कृत गर्नेछ र अन्ततः टोलीले आलुको रोग/समस्याको लागि राष्ट्रिय प्रारम्भिक चेतावनी प्रणाली सिर्जना गर्ने आशा राखेको छ। साथै भविष्यमा अन्य बाली र क्षेत्रहरूका लागि पनि प्रविधिलाई विस्तार गर्ने सम्भावना रहेको थप उल्लेख गरिएको छ।
“आलु विश्वव्यापी रूपमा चौथो सबैभन्दा महत्त्वपूर्ण मुख्य बाली हो र बढ्दो विश्वव्यापी जनसंख्याको लागि उत्पादन आवश्यक छ” भनि एबेरिस्टविथ विश्वविद्यालयको जैविक, वातावरणीय र ग्रामीण विज्ञान संस्थानका ऐश्वर्य गिरिजाले बताए।
“त्यसैले आलुको रोग/समस्या केवल कृषिको मुद्दा मात्र होइन – यो खाद्य सुरक्षाको मुद्दा भएको” उनले थप बताए।
प्रकाशित: ७ श्रावण २०८२, बुधबार