गत आर्थिक वर्षमा साढे ३५ अर्ब बढीको स्मार्टफोन आयात, अघिल्लो आर्थिक वर्षको तुलनामा पौने ७ अर्ब बढी

  • Technology Khabar | ७ श्रावण २०८२, बुधबार
गत आर्थिक वर्षमा साढे ३५ अर्ब बढीको स्मार्टफोन आयात, अघिल्लो आर्थिक वर्षको तुलनामा पौने ७ अर्ब बढी

काठमाडौं ।

नेपालमा गत आर्थिक वर्ष २०८१/८२ मा नेपालमा साढे ३५ अर्बभन्दा बढीको २१ लाख ८४ हजारभन्दा बढी स्मार्टफोन आयात भएको छ।

भन्सार विभागले हालै जारी गरेको आर्थिक वर्ष २०८१/८२ को समग्र वैदेशिक व्यापारको तथ्यांक अनुसार ३५ अर्ब ५४ करोड ७३ लाख ४२ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ।

भर्खरै सकिएको गत आर्थिक वर्षमा उक्त रकम बराबरको २१ लाख ८४ हजार ६९४ थान स्मार्टफोन आयात भएको हो।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा २८ अर्ब ६६ करोड ६२ लाख ३५ हजार बराबरको १८ लाख ३९ हजार ३५ थान स्मार्टफोन आयात भएको थियो।

तुलनात्मक रुपमा हेर्दा अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा ६ अर्ब ८८ करोड ११ लाख ७ हजार बराबरको ३ लाख ४५ हजार ६५९ थान बढी स्मार्टफोन आयात भएको देखिन्छ।

नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आउने गरेको छ। गत आर्थिक वर्षमा पनि चीनबाट २४ अर्ब ९१ करोड ४३ लाख ८७ हजार रुपैयाँ बराबरको १७ लाख ५१ हजार ८२३ थान स्मार्टफोन आयात भएको छ।

भारतबाट १० अर्ब ३ करोड २२ लाख ५५ हजार रुपैयाँ बराबरको ४ लाख २४ हजार ८४४ थान स्मार्टफोन आएको भन्सार विभागको तथ्याङ्कमा देखिन्छ।

 

क्रं सदेशविवरण (थान)रकम (हजारमा)
चीन१७५१८२३२४९१४३८७
भारत४२४८४४१००३२२५५
भियतनाम१०३३१७५८
अमेरिका१२५९१४२६२८
जापान१००७६१४३५
अस्ट्रेलिया६३५८१७५०
द. कोरिया५८०३९५५१
यूएई११४११२००००९
कतार४०८५२१९२
१०कुवेत१२६३१८६
११बेलायत२१०२१२२२
१२हङकङ१३६१२८४३
१३माल्दिभ्स१००१७०
१४क्यानडा११०११०५९

यीबाहेक बाँकी ५२ मुलुकबाट पनि ३ हजार देखि ३२ लाख ३४ हजार बराबरका ३ देखि ६५ थानसम्म स्मार्टफोनहरु आयात भएका छन्।

प्रकाशित: ७ श्रावण २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार