नोकियाले आफ्नो ब्राण्डको लाइसेन्स नयाँ स्मार्टफोन निर्मातालाई दिन सक्ने

Technology Khabar ७ श्रावण २०८२, बुधबार

काठमाडौं ।

गत वर्षदेखि नोकिया र एचएमडी ग्लोबल अलग्गिन सुरु गरेका थिए। अलग्गिन सुरु गरेपछि नोकिया–ब्राण्डेड फोनहरूलाई एचएमडी डट कम बाट डि–लिस्टिङ गर्ने र धेरैजसोलाई सम्बन्धित एचएमडी–ब्राण्डेड मोडेलहरूले प्रतिस्थापन गर्ने कार्य पनि थालिएको थियो।

यसका बावजुद फिनिश कम्पनीले अर्को साझेदार फेला पारेमा नोकिया ब्राण्ड फोनको संसारमा जीवित रहन सक्ने सम्भावन रहेको बताइएको छ।

कम्पनी “ठूलो स्तरको मोबाइल निर्माता” सँग सहकार्य गर्न खुला रहेको नोकिया सब–रेडिटमा एक नोकिया कम्युनिटी म्यानेजरले पोस्ट गरेका छन्। यद्यपि, सामाजिक सञ्जाल खाता प्रबन्धकका शब्दहरूले धेरै फरक नपार्ने र स्मार्टफोन ओडीएम फेला पार्नको लागि रेडिट त्यति उत्तम ठाउँ नभएको थप उल्लेख गरिएको छ।

नोकियाले आफ्नो ब्राण्डलाई धेरै फरक खण्डहरूमा लाइसेन्स दिएको थियो जसमा स्ट्रिमभ्यूले टिभी, रिचगोले हेडफोन (र अन्य स्मार्टफोन एक्सेसरिज), अफ ग्लोबलले ल्यापटपहरू निर्माण गर्ने गरेका थिए। तर अब तिनीहरुसँगको ब्राण्डिङ सम्झौताहरू पनि समाप्त भएको बताइएको छ।

एचएमडीले पनि त्यति राम्रो प्रदर्शन गर्न नसकेको र हालै यसले आफ्नो अमेरिकी सञ्चालनलाई घटाउने घोषणा गरेको छ। त्यसैगरी गत वर्ष, सामसङले नोकियाको नेटवर्क व्यवसाय प्राप्त गर्ने विचार गरिरहेको  रिपोर्टहरू बाहिर आएपछि नोकिया आफैंले यो समस्याको हल्लालाई रोक्नुपरेको थियो।

साथै, फिनल्याण्डका मानिसहरूले पनि ती हल्लाहरूलाई तुरुन्तै अस्वीकार गरेका थिए र त्यसबेलादेखि यसको बारेमा केही सुन्नमा नआएको उल्लेख गरिएको छ।

नोकियाले बिहीबार आफ्नो सन् २०२५ को दोस्रो त्रैमासको नतिजा प्रकाशित गर्नेछ। कम्पनीले पहिलो त्रैमासमा भने ४.३९ बिलियन यूरोको खुद बिक्रीमा १५६ मिलियन यूरोको सञ्चालन नाफा बटुलेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ७ श्रावण २०८२, बुधबार

तपाइको प्रतिक्रिया