स्टारलिङ्कले २०२६ मा तेस्रो पुस्ताको भू–उपग्रह प्रक्षेपण गर्ने

  • Technology Khabar | ७ श्रावण २०८२, बुधबार
स्टारलिङ्कले २०२६ मा तेस्रो पुस्ताको भू–उपग्रह प्रक्षेपण गर्ने

काठमाडौं ।

स्टारलिङ्कले अर्को वर्ष आफ्नो अर्को पुस्ताको भू–उपग्रह प्रक्षेपण गर्ने तयारी गरिरहेको छ।

प्रत्येक नयाँ भू–उपग्रहहरू एक टेराबिटभन्दा बढी डाटा डाउनलोड क्षमता (>१,००० जीबीपीएस) का साथै पृथ्वीमा प्रयोगकर्ताहरूलाई २०० जीबीपीएस भन्दा बढी डाटा अपलोड क्षमता प्रदान गर्न डिजाइन गरिएको इलन मस्कको स्वामित्वमा रहेको कम्पनीले जानकारी दिएको छ।

“यो दोस्रो पुस्ताको भू–उपग्रहहरूको तुलनामा डाउनलोड क्षमताको १० गुणा भन्दा बढी र अपलोड क्षमताको २४ गुणा भएको” स्टारलिङ्कले उल्लेख गरेको छ।

डाटा स्थानान्तरण गति र विलम्बतामा पनि “आमूल रूपमा सुधार गरिएको” स्टारलिङ्कलाई उद्धृत गर्दै टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: ७ श्रावण २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...