स्पोटिफाइले अडियोबुक्सप्लस सेवालाई थप देशहरूमा विस्तार गर्यो

  • Technology Khabar | ६ श्रावण २०८२, मंगलवार
स्पोटिफाइले अडियोबुक्सप्लस सेवालाई थप देशहरूमा विस्तार गर्यो

काठमाडौं ।

यस वर्षको सुरुमा सफल प्रारम्भिक परीक्षणहरू सुरु गरेपछि स्पोटिफाइले आफ्नो अडियोबुक्सप्लस सेवालाई थप देशहरूमा ल्याउने योजनाको घोषणा गरेको छ।

अडियोबुक्सप्लस बिस्तारै धेरैओटा युरोपेली देशहरूका साथै अष्ट्रेलिया र न्यूजील्याण्डमा पनि विस्तार गरिने भएको छ।

सुरुमा क्यानडा र आयरल्याण्डमा प्रस्तुत गरिएको अडियोबुक्सप्लसले स्पोटिफाइ प्रिमियम प्रयोगकर्ताहरूलाई सेवाको क्याटलगमा समावेश गरिएको थप १५ घण्टा अडियोबुकहरू सुन्न अनुमति दिने जनाइएको छ।

त्यसैगरी अडियोबुक्सप्लसमा प्रिमियम व्यक्तिगत सदस्यहरूको लागि प्रति महिना अडियोबुक सुन्ने समय अब कुल घण्टा ३० पुग्ने उल्लेख गरिएको छ।

अडियोबुक्सप्लसको लागि प्रयोगकर्ताहरूले आफ्नो स्पोटिफाइ प्रिमियम सदस्यताको अतिरिक्त मासिक शुल्क तिर्नुपर्ने टेलिग्राफले रिपोर्ट गरेको छ।

अडियोबुबुक्सप्लसमा अब एड–अन सदस्यता उपलब्ध भएका देशहरूमा अष्ट्रेलिया, अस्ट्रिया, बेल्जियम, क्यानडा, फ्रान्स, जर्मनी, लिक्टेनस्टाइन, लक्जमबर्ग, न्यूजील्याण्ड र संयुक्त अधिराज्य रहेका छन्।

प्रकाशित: ६ श्रावण २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार