विश्वका ठूला कम्पनी वातावरणमैत्री प्रविधितर्फ आकर्षित

Technology Khabar ५ श्रावण २०८२, सोमबार

विश्वका ठूला कम्पनी वातावरणमैत्री प्रविधितर्फ आकर्षित
वातावरण सुरक्षा र पृथ्वी। सांकेतिक तस्बिर। फ्रिपिक डटकमबाट।

काठमाडौं ।

चीनको राजधानी बेइजिङमा भइरहेको तेस्रो अन्तर्राष्ट्रिय आपूर्ति प्रणाली प्रदर्शनीमा विश्वका धेरै ठूला कम्पनीहरूले आफ्नो नयाँ प्रविधि देखाएका छन्। यी प्रविधि वातावरणमैत्री (हरित) र आधुनिक डिजिटल प्रविधिमा आधारित छन्।

साइमेन्स कम्पनीको प्रस्तुति

जर्मनीको साइमेन्स कम्पनीले मानिसको जस्तो सोच्ने प्रविधि र कृत्रिम संसार जस्तो प्रविधिको प्रयोग गरेर बनाइएका देखाएको छ। यसबाट उद्योगहरूले आफ्नो काम डिजिटल बनाउने, वातावरणलाई कम असर पार्ने र छिटो–छरितो रूपमा उत्पादन गर्न सक्नेछन्।

साइमेन्स कम्पनीले चीनका उद्योगहरूलाई विश्व बजारमा समेट्न सहयोग गर्ने बताएपछि चिनियाँ उद्योगहरूमा पनि उत्साह देखिएको छ।

सिमेन्स चाइनाका प्रमुख सियाओ सोंगले भने,“हामी चिनियाँ कम्पनीहरूलाई वातावरणमैत्री र सशक्त आपूर्ति प्रणाली बनाउन सहयोग गर्न तयार छौं।”

अन्य कम्पनीको सहभागिता

साइमेन्स मात्र होइन, बोस्च, स्नेइडर इलेक्ट्रिक र एयरबसजस्ता अन्य ठूला कम्पनीहरूले पनि वातावरण जोगाउने र प्रविधिमैत्री सामग्रीहरू प्रदर्शन गरेका छन्। यी कम्पनीले चीनमा रहेका उद्योगसँग मिलेर सहज, लचिलो र वातावरणमैत्री आपूर्ति प्रणाली बनाउन चाहेका छन्।

बोस्च चाइनाका प्रमुख शु डाक्वानले भने,“गाडी बनाउने क्षेत्र तीव्र गतिमा परिवर्तन हुँदैछ। यस्तो समयमा सहकार्य र नयाँ सोच नै भविष्यको आधार हो।”

स्नेइडर इलेक्ट्रिक कम्पनीले पनि यस्ता प्रविधिहरू देखाएको छ, जसले बजारको माग छिटो बुझ्न सकिन्छ र आवश्यक वस्तु तुरुन्तै आपूर्ति गर्न सकिन्छ। एयरबस कम्पनीले चीनमा आफ्नो उत्पादन अझै बढाउने योजना बनाएको छ। उनीहरूले धेरैजसो सामान चीनमै बनाउने व्यवस्था गरिरहेका छन्, जसले आपूर्ति प्रणाली अझ लचिलो र भरपर्दो हुन्छ।

कति देशका कम्पनी सहभागी छन्?

यस वर्षको प्रदर्शनीमा ७५ देश र क्षेत्रबाट ६५१ वटा कम्पनी सहभागी भएका छन्। तीमध्ये ३५ प्रतिशत कम्पनीहरू विदेशबाट आएका हुन्, जुन अघिल्लो वर्षभन्दा तीन प्रतिशत बढी हो।

विश्वका ठूला कम्पनीहरू अहिले वातावरणको रक्षा गर्ने र प्रविधिमा आधारित आपूर्ति प्रणाली बनाउने दिशामा अघि बढिरहेका छन्। यसबाट उद्योगहरूलाई आफ्नो उत्पादनमा सुधार ल्याउन, लागत घटाउन र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सजिलो हुने विश्वास गरिएको छ। रासस/सिन्ह्वा)

प्रकाशित: ५ श्रावण २०८२, सोमबार

तपाइको प्रतिक्रिया