नेपालले पायो आईसीसीको ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’ अवार्ड

  • Technology Khabar | ५ श्रावण २०८२, सोमबार
नेपालले पायो आईसीसीको ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’ अवार्ड

काठमाडौं ।

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को ग्लोबल अवार्ड अन्तर्गत डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’ अवार्ड जितेको छ। नेपालले लगातार दोस्रो पटक यो अवार्ड जितेको हो।

आइसिसीको शनिबार साँझ सिङ्गापुरमा सम्पन्न वार्षिक सम्मेलनमा नेपाललाई प्रदान गरिएको अवार्ड नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले ग्रहण गरेका हुन्।

नेपाल एसियाली क्षेत्रको विजेताका रूपमा आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इय अवार्डको ग्लोबल मनोनयनमा परेको थियो। मनोनयनमा अफ्रिकाबाट नामिबिया, अमेरिकी क्षेत्रबाट बर्मुडा र पूर्वी एसिया प्रशान्त क्षेत्रबाट इन्डोनेसिया पनि परेका थिए।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’ अवार्ड जितेकामा बधाई ज्ञापन गरेका छन्। प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो पटक अवार्ड जितेकामा बधाई ज्ञापन गरेका हुन्।

“गत वर्ष हामीले ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’ अवार्ड प्राप्त गरेका थियौँ । दोस्रो पटक पनि नेपाललाई यो अवार्ड प्राप्त भएको छ । नेपालीको नशा नशामा क्रिकेट छ । हामी सबैलाई बधाई !” प्रधानमन्त्रीले ओलीले सामाजिक सञ्जालमा भने।

सिङ्गापुरमा शनिबार भएको आइसिसीको वार्षिक सम्मेलनमा नेपाललाई उक्त अवार्ड प्रदान गरिएको हो।

प्रकाशित: ५ श्रावण २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...