जाजरकोट जिल्लाको छेडागाड नगरपालिकामा फोरजी/टूजी सेवा सञ्चालन

Technology Khabar ४ श्रावण २०८२, आईतवार

काठमाडौं ।

कर्णाली प्रदेशको जाजरकोट जिल्लाको छेडागाड नगरपालिका १ मा नेपाल टेलिकमले फोरजी/टूजी सेवा आज साउन ४ गतेबाट सञ्चालनमा ल्याएको छ।

फोरजी/टूजी सेवा सञ्चालनमा आए पश्चात् छेडागाड नगरपालिका वडा नम्बर १,२,३ र ४ अन्तर्गतका साल्मा गाउँ, दशेरा गाउँ, सुवानाउली गाउँ, झाप्रा गाउँ लगायतका गाउँहरुमा सेवाग्राहीले नवीनतम दूरसञ्चार सेवाबाट लाभान्वित भएका नेपाल टेलिकमका कर्णाली प्रदेश निर्देशक डा. कमल लामिछानेले जानकारी दिएका छन्।

नेपाल टेलिकमले दूर दराजका क्षेत्रमा दूरसञ्चार सेवा पुयाउने कार्यलाई सधैँ उच्च प्राथमिकमा राख्दै आएको जनाएको छ।

प्रकाशित: ४ श्रावण २०८२, आईतवार

तपाइको प्रतिक्रिया