राष्ट्र बैंकले जारी गर्यो भुक्तानी सेवा प्रदायक संस्थाका लागि लाभांश वितरणसम्बन्धी मार्गदर्शन

Technology Khabar ४ श्रावण २०८२, आईतवार

राष्ट्र बैंकले जारी गर्यो भुक्तानी सेवा प्रदायक संस्थाका लागि लाभांश वितरणसम्बन्धी मार्गदर्शन

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले बैंकबाट भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्था (बैंक तथा वित्तीय संस्था बाहेक) ले आर्जन गरेको मुनाफाको बाँडफाँड तथा लाभांश वितरणसम्बन्धी व्यवस्थालाई पारदर्शी एवं थप व्यवस्थित बनाउने अभिप्रायले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिप्राप्त संस्था (बैंक तथा वित्तीय संस्था बाहेक) का लागि लाभांश वितरणसम्बन्धी मार्गदर्शन २०८१ जारी गरेको छ।

यो मार्गदर्शनको कार्यान्वयनबाट संस्थाहरुले आर्जन गरेको मुनाफाको वितरण तथा पुनः लगानी थप प्रभावकारी भई सम्बन्धित संस्थाको जोखिम बहन गर्न सक्ने क्षमता र कार्यक्षमताको वृद्धि तथा विकास हुँदै जाने र सुरक्षित, स्वस्थ तथा सक्षम भुक्तानी प्रणालीको विकासमा टेवा पुग्ने केन्द्रीय बैंकको विश्वास छ।

यसमार्ग दर्शनको मुख्य उद्देश्य मुनाफा वितरणसम्बन्धी निर्णय गर्दा अपनाउनुपर्ने प्रक्रियालाई मार्गदर्शन प्रदान गर्ने, अनुमतिपत्रप्राप्त संस्थालाई नियामकीय पुँजी कायम गर्न आधार निर्माण हुने, अनुमतिपत्रप्राप्त संस्थाको कारोबारको निरन्तर अभिवृद्धि साथै जोखिम बहन गर्ने क्षमता विकासका लागि श्रोतको योजनाबद्ध व्यवस्थापनमा सहयोग पुग्ने रहेका छन्।

यसबाहेक व्यवसाय निरन्तरता योजना कार्यान्वयन गर्न सहज हुने तथा समग्र भुक्तानी प्रणालीको सबलता र सुरक्षामा टेवा पुगी सर्वसाधारणको विश्वास अभिवृद्धि हुने पनि मार्गदर्शनको उद्देश्य हुन्।

लाभांश वितरणका लागि के के पूर्वशर्त पालना गर्नुपर्छ?

लाभांश वितरणका लागि संस्थाको वित्तीय अवस्था सबल हुन आवश्यक हुने भएकाले यसका लागि अनुमतिपत्र प्राप्त संस्थाले तलका पूर्वशर्तहरु पालना गर्नुपर्ने उल्लेख गरेको छ:

(१) लाभांश घोषणा गर्दा सञ्चित मुनाफा ऋणात्मक नरहेको।
(२) संस्था मुनाफामा भएको वर्षको वित्तीय विवरणका आधारमा मात्र लाभांश घोषणा गर्नुपर्ने।
(३) शेयर प्रिमियम एवं बार्गेन पर्चेज गेनबाट नगद लाभांश घोषणा गर्न नपाईने एवं शेयर लाभांश वितरण गर्दा संस्थाको नेट वर्थ ऋणात्मक नरहेको।
(४) नगद लाभांश घोषणा गर्दा पर्याप्त नगद मौज्दात रहेको।
(५) संस्थाले उपभोग गरेको कर्जासँग सम्बन्धित शर्तहरुले लाभांश वितरण बन्देज गरेको अवस्था नरहेको।
(६) यस बैंकबाट भएको स्थलगत एवं गैरस्थलगत निरीक्षणका क्रममा वित्तीय दायित्व सिर्जना हुन गम्भिर प्रकृतिका कैफियत रहेको अवस्था नरहेको।

Sajilo Visa

प्रकाशित: ४ श्रावण २०८२, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार