
काठमाडौं ।
लोकप्रिय ड्रोन निर्माता डीजेआईले भर्खरै एउटा नयाँ ड्रोनको घोषणा गरेको छ। कम्पनीले आफ्नो विशिष्ट उपभोक्ता बजारबाट टाढा अब कृषि क्षेत्रमा ध्यान केन्द्रित गर्दै नयाँ शक्तिशाली कृषि ड्रोन ‘अग्रस टी१००’ घोषणा छ। आधुनिक खेतीको लागि डिजाइन गरिएको अग्रस टी१०० एक ठूलो शक्तिशाली कृषि ड्रोन भएको बताइएको छ।
फोटोग्राफर र भिडियोग्राफरहरूमाझ परिचित कम्पनीको क्वाडकोप्टरहरू जस्तै नयाँ अग्रस टी१०० ले पनि यसको चारओटा रोटरहरूबाट उडान भर्ने बताइएको छ।
तर तस्बिर वा भिडियो खिच्नुको सट्टा, यो कृषि ड्रोनले विशेष रुपमा किसानहरू वा तरल पदार्थहरूको लागि भारी पेलोडहरू बोक्न बनाइएको र जुन स्प्रे गर्न पनि सकिने उल्लेख गरिएको छ। यस ड्रोनको भिडियो शोकेसमा, अग्रस टी१०० ले यसको चार नोजलहरूबाट १७० पाउण्डसम्म तरल पदार्थ स्प्रे गरेको देखाइएको रिपोर्ट गरिएको छ।
दुईओटा ब्याट्रीहरूबाट चल्ने यो कृषि ड्रोनले १०० किलोग्रामसम्मको कुल पेलोड बोक्न सक्ने उल्लेख गरिएको छ। डीजेआईले यो ड्रोन कठिन क्षेत्रहरूमा पुग्न मद्दत गर्न बनाएको बताएको छ।
उदाहरणका लागि, अग्रस टी१०० मा भएका नोजलहरूले बालीनालीको हरिया खेतमा झारनाशक पदार्थ स्प्रे गर्नुका साथै अग्ला सौर्य प्यानलहरूलाई स्प्रे गर्न र सफा गर्न पनि सक्ने बताइएको छ। डीजेआईको यो ठूलो ड्रोनको मापन ३५.४ x ३२.३ x ३६.२ इन्चको रहेको र लाईडार, जीपीएस र अन्य थप प्रमुख सुविधाहरूको समर्थन गर्ने जनाइएको छ।
यी सबै सुविधाहरूले अग्रस टी१०० लाई आधुनिक प्राविधिक समाधानहरूको साथ कृषि आवश्यकताहरूलाई मद्दत गर्न कृषि क्षेत्रका पेशेवरहरूलाई लक्षित गरिएको भन्ने कुरालाई स्पष्ट रूपमा देखाएको उल्लेख गरिएको छ। बहुमुखी प्रतिभासहितको यस आधुनिक ड्रोनको मूल्य भने १०,००० अमेरिकी डलरभन्दा बढी हुन सक्ने उल्लेख गरिएको छ।
त्यसैगरी डीजेआईले यस अघि ८० किलोग्राम पेलोड बोक्न सक्ने कार्गो ड्रोन ‘फ्लाईकार्ट १००’ अनावरण गरेको गीज्मोचाइनाले रिपोर्ट गरेको छ।
प्रकाशित: ३ श्रावण २०८२, शनिबार