लस एन्जलसको सडकमा दौडियो रंगिन रोबोट

  • Technology Khabar | ३ श्रावण २०८२, शनिबार
लस एन्जलसको सडकमा दौडियो रंगिन रोबोट

काठमाडौं ।

अमेरिकास्थित लस एन्जलसको शहरमा सडक पार गरिरहेको एउटा ह्युमनोइड (मानव जस्तो) रोबोट देखा पर्दा यात्रुहरू आश्चर्यचकित र जिज्ञासामा परेका छन्।

“जेक द रिजबोट” भनिने रोबोटले सन ह्याट (घाममा लगाउने टोपी) रङ्गीन ब्रेसलेट र नाइक स्नीकर्स लगाएको उल्लेख गरिएको छ।

साथै टिकटकमा देखा परेको फुटेजमा रोबोट दौडिरहेको देखिएको उल्लेख गरिएको छ।

रोबोटको बारेमा केही प्रयोगकर्ताहरूले रमाइलो टिप्पणी गरेका थिए भने अरूले कृत्रिम बुद्धिमत्ताको भविष्यको बारेमा चिन्ता व्यक्त गरेका छन्।

त्यसैगरी युनिट्री जी१ मोडेलको रोबोटको मूल्य लगभग १६,००० अमेरिकी डलर पर्ने बताइएको छ।

रोबोटामा समावेश गरिएका स्थानिय सेन्सर र क्यामराहरूले यसलाई यसको वरपर नेभिगेट गर्न मद्दत गर्ने टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: ३ श्रावण २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...