गुगलद्वारा आधिकारिक रूपमा पिक्सेल १० परिवारको अनावरण मितिको खुलासा

  • Technology Khabar | २ श्रावण २०८२, शुक्रबार
गुगलद्वारा आधिकारिक रूपमा पिक्सेल १० परिवारको अनावरण मितिको खुलासा

काठमाडौं ।

जुन महिनाको सुरुवातदेखि नै, गुगलले अगस्ट २० तारिखमा पिक्सेल १० परिवारको लागि आफ्नो भव्य अनावरण कार्यक्रम आयोजना गर्ने हल्ला चलिरहेको छ। यसै क्रममा अब कम्पनी आफैंले आधिकारिक रूपमा पिक्सेल १० परिवारको अनावरण मितिको पुष्टि गरेको छ।

यस अघि गुगलले सुरुमा अनावरणको लागि अगस्ट १३ तारिख रोजेको र त्यसपछि आफ्नो योजना परिवर्तन गरेर कार्यक्रमलाई ठीक एक हप्ता पर सारेको भन्ने तथ्य कम्पनी आफैंले पुष्टि नगरेको अफवाहहरू सुन्नमा आएको थियो। तर अब हालको ‘नयाँ’ मिति आधिकारिक रूपमा कम्पनी आफैंले पुष्टि गरेको हुनाले कम्पनीको पिक्सेल १० परिवार अगस्ट २० तारिखमा अनावरण गरिने पक्का भएको छ।

त्यसैगरी अगस्ट २० तारिखको कार्यक्रममा पिक्सेल १०, पिक्सेल १० प्रो, पिक्सेल १० प्रो एक्सएल, पिक्सेल १० प्रो फोल्ड र पिक्सेल वाच ४ प्रस्तुत गरिने अपेक्षा गरिरहेका छ। यस बाहेक कार्यक्रममा पिक्सेल बड्स २ए पनि सामेल हुने सम्भावना रहेको उल्लेख गरिएको छ।

सबै फोनहरूमा अल्ट्रावाइडसँगै टेलिफोटो क्यामराहरूमा निर्मित म्याक्रो क्षमताहरू र “पिक्सेलस्न्याप” म्याग्नेटिक एक्सेसरिज (चुम्बकीय सामानहरू) को लागि समर्थन हुनुपर्ने बताइएको छ। तर आईफोन–शैलीमा केसहरू मार्फत मात्र म्याग्नेटहरू स्पष्ट रूपमा ह्यान्डसेटहरूमा निर्मित नहुने थप उल्लेख गरिएको छ। त्यसैगरी, सम्पूर्ण रेञ्जमा टेन्सर जी५ एसओसी समावेश गरिने बताइएको जुन सामसङद्वारा नभइ गुगलद्वारा निर्मित पहिलो टीएसएमसी हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २ श्रावण २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...