कम्प्युटर तथा अप्टिकल उपकरणहरूको बाहुल्यतामा दक्षिण कोरियाको निर्यात मात्रा लगातार बढ्दै

  • Technology Khabar | १ श्रावण २०८२, बिहीबार
कम्प्युटर तथा अप्टिकल उपकरणहरूको बाहुल्यतामा दक्षिण कोरियाको निर्यात मात्रा लगातार बढ्दै

काठमाडौं ।

दक्षिण कोरियाको निर्यात मात्रा जून महिनामा लगातार पाँचौँ महिनासम्म बढेको छ, जुन विश्वव्यापी रूपमा विद्युतीय सामग्रीको बलियो मागका कारण भएको हो।

कोरियाको केन्द्रीय बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार, निर्यात मात्रा सूचकांक अघिल्लो वर्षको सोही महिनाको तुलनामा ६.८ प्रतिशतले वृद्धि भएको छ। यो वृद्धि फेब्रुअरीदेखि निरन्तर कायम छ।

कम्प्युटर, विद्युतीय तथा अप्टिकल उपकरणहरूको बाह्य आपूर्ति जून महिनामा १०.४ प्रतिशतले बढेको छ, जसले लगातार चार महिनासम्म दोहोरो अंकको वृद्धि देखाएको छ। तेलजन्य र फलामजन्य उत्पादनहरूको निर्यातमा पनि दोहोरो अंकको वृद्धि भएको छ भने रासायनिक वस्तु र सवारीसाधनसम्बन्धी उपकरणहरूको निर्यात एकल अंकले बढेको देखिन्छ।

निर्यात मूल्य सूचकांक पनि अघिल्लो वर्षको तुलनामा २.८ प्रतिशतले बढेको छ, जुन मे महिनामा देखिएको २.० प्रतिशतको घटबढपछि सुधारको सङ्केत हो। सोही अवधिमा आयात मात्रा सूचकांक ११.२ प्रतिशतले र आयात मूल्य सूचकांक २.९ प्रतिशतले वृद्धि भएको छ।-रासस/सिन्ह्वा

प्रकाशित: १ श्रावण २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार