एप्पलले अमेरिकाबाट दुर्लभ सामग्रीहरू सुरक्षित गर्न ५०० मिलियन डलर लगानीको घोषणा

  • Technology Khabar | १ श्रावण २०८२, बिहीबार
एप्पलले अमेरिकाबाट दुर्लभ सामग्रीहरू सुरक्षित गर्न ५०० मिलियन डलर लगानीको घोषणा

काठमाडौं ।

एप्पलले आईफोन र अन्य डिभाइसहरूको उत्पादनमा प्रयोग हुने रेयर मटेरियल (दुर्लभ सामग्रीहरू) सुरक्षित गर्न अमेरिकी कम्पनी एमपी मटेरियल्समा ५०० मिलियन डलर लगानीको घोषणा गरेको छ।

यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्पको अमेरिकामा उत्पादन सार्ने दबाबको बीचमा आएको बताइएको छ।

सम्झौताको एक भागको रूपमा, एप्पलले एमपी मटेरियल्सबाट सिधै रेयर अर्थ म्यागनेटस् (दुर्लभ पृथ्वी चुम्बकहरू) खरिद गर्ने उल्लेख गरिएको छ।

त्यसैगरी कम्पनीहरूले एप्पल उत्पादनहरूमा रिसाइकल गरिएका सामग्रीहरू प्रयोग गर्न क्यालिफोर्नियामा रिसाइक्लिङ्ग लाइनमा पनि सहकार्य गर्ने उल्लेख गरिएको छ।

टेक्सासको नयाँ उत्पादन सुविधाहरूले सन् २०२७ मा ढुवानी सुरु गर्ने अपेक्षा गरिएको छ र करोडौं डिभाइसहरूको उत्पादनलाई समर्थन गर्नेछ। साथै लगानीले दर्जनौं नयाँ रोजगारी सिर्जना गर्ने एप्पलले बताएको छ।

यो सहकार्य अमेरिकामा एप्पलको उपस्थिति बढाउन र एसियाली आपूर्ति श्रृंखलाहरूमा निर्भरता कम गर्न ५०० बिलियन डलरको फराकिलो योजनाको अंश भएको टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: १ श्रावण २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...