फेसबुकले सामग्री चोरी गर्ने र पुनः प्रकाशित गर्ने सिर्जनाकर्ताहरूलाई दण्डित गर्ने

Technology Khabar १ श्रावण २०८२, बिहीबार

काठमाडौं ।

फेसबुकले समाचार फिडमा स्प्यामी कन्टेन्ट (सामग्री) कम गर्नका लागि अनुमति बिना अन्य व्यक्तिहरूको भिडियो, फोटो वा टेक्स्ट (पाठ) चोर्ने र पुनः प्रकाशित गर्ने खाताहरू विरुद्ध कारबाही गर्ने छ।

बारम्बार यसो गर्ने सिर्जनाकर्ताहरूले फेसबुकको मनिटाइजेसन प्रोग्राममा अस्थायी रूपमा पहुँच गुमाउने र उनीहरूको पोस्टको वितरण कम हुने मेटाले सोमबार घोषणा गरेको छ।

डुप्लिकेट गरिएको कन्टेन्टले प्रयोगकर्ता अनुभवको गुणस्तर घटाउने र “न्यू भ्वाइसेस” (नयाँ आवाजहरू) लाई उदय हुनबाट रोक्ने मेटाले उल्लेख गरेको छ।

प्रणालीले डुप्लिकेट गरिएको भिडियो पत्ता लगाए पछि मूल सिर्जनाकर्तालाई सुरक्षित गर्नको लागि यसको वितरण घटाइनेछ। साथै प्रयोगकर्ताहरूलाई डुप्लिकेट गरिएको भिडियोहरूको लिङ्कहरू जस्ता मूल सामग्रीमा निर्देशित गर्ने सुविधाहरूको पनि परीक्षण गरिएको बताइएको छ।

यी परिवर्तनहरू फेसबुकमा आगामी महिनाहरूमा बिस्तारै लागू हुने भए तापनि हालको लागि इन्स्टाग्राम वा थ्रेड्समा भने समान नीतिको कुनै संकेत देखा नपरेको दभर्जले रिपोर्ट गरेको छ।

स्पाम र फेक अकाउण्टस् (नक्कली खाताहरू) सिर्जना गर्ने घटनाहरू सन् २०२५ को पूर्वाद्र्धमा यस अघि नै पहिचान गरिएको छ। मेटाले ५०० हजार भन्दा बढी स्पाम खाताहरू विरुद्ध कारबाही गरेको र प्रमुख सिर्जनाकर्ताहरूको नक्कल गर्ने लगभग १ करोड प्रोफाइलहरू हटाएको उल्लेख गरिएको छ।

रिएक्सन्स (प्रतिक्रियाहरू), कमेण्टस् (टिप्पणीहरू), महत्त्वपूर्ण सम्पादनहरू, भ्वाइस–ओभरहरू वा पपुलर ट्रेण्ड (लोकप्रिय प्रवृतिहरू) मा सहभागिता जस्ता अवस्थित सामग्रीमा वास्तविक सामग्री थप्ने सिर्जनाकर्ताहरूलाई मात्र हानि नपुर्याइने जनाइएको छ।

मेटाले वाटरमार्कहरू र अन्य एप्लिकेसन्सहरूबाट पुनः प्रयोग गरिएका सामग्रीहरू सहित सामग्री पुनः प्रकाशित गर्नुका साथै अन्य व्यक्तिहरूको सामग्री प्रयोग गर्दा एक अद्वितीय दृष्टिकोण, प्रतिक्रिया वा सम्पादन थप्न सल्लाह दिएको छ।

त्यसैगरी मेटाले मौलिक सिर्जनाकर्ताहरूलाई समर्थन गर्न र थप मूल्य बिना चोरी गरिएको सामग्रीलाई कम गर्न रणनीतिहरूलाई बलियो बनाउँदैछ भनि टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: १ श्रावण २०८२, बिहीबार

तपाइको प्रतिक्रिया