सामसङका स्मार्टफोनमा प्रयोग हुँदै आएको एस पेन पुनरागमन हुने सम्भावना

Technology Khabar १ श्रावण २०८२, बिहीबार

काठमाडौं ।

सामसङको नयाँ ग्यालेक्सीज जेड फोल्ड ७ मा एस पेन छुटेको छ, तर यसको अर्थ यो अन्तिम बिदाइ हो भन्ने होइन। भविष्यका पुस्तामा यो फेरि फर्किन सक्छ, वा जेड फोल्ड ७ मै कुनै समयमा फिचरको रूपमा फर्कन सक्ने सम्भावना छ।

सामसङका स्मार्टफोन उत्पादन योजना प्रमुख कांग मिन-सकले कोरियाली सञ्चारमाध्यम ईटीन्युजसँग कुरा गर्दै कम्पनी “एस पेनका लागि झनै पातलो र नवप्रवर्तनयुक्त प्रविधिमा अनुसन्धान र विकास गरिरहेको बताएका छन्”।

उनी भन्छन्, “जब एस पेनको पूर्णताको स्तर बढ्छ र उपभोक्ताको माग पनि हुन्छ, त्यतिबेला यसको पुनरागमन सम्भव छ।”

रोयटर्सका अनुसार सामसङ र हाइडीपबीचको सहकार्यसँग पनि यो सम्बन्धित हुन सक्छ। यी दुईले एक नयाँ एस पेनमा काम गरिरहेका छन्, जसलाई न त डिजिटाइजर चाहिन्छ न त ब्याट्री नै। यस हिसाबले हेर्दा यो सामसङको ब्याट्री नचाहिने एस पेन र एप्पलको डिजिटाइजर पेन्सिलबीचको संयोजन हुन सक्ने सम्भावना देखिएको छ।

जेड फोल्ड ७ बाट डिजिटाइजर हटाइएको कारण यही हुन सक्छ। यदि कम्पनीले नयाँ पुस्ताको एस पेन जेड फोल्ड ७ को सुरुवाती घोषणासँगै ल्याउने सोच बनाएको थियो भने, चाँडै नै अप्रचलित हुने कम्पोनेन्टलाई फोनमा राख्नु उपयुक्त हुँदैनथ्यो।

हालसम्म नयाँ एस पेन प्रस्तुत नभएकाले सम्भवतः यसको विकासमा ढिलाइ भएको छ वा कम्पनीले आगामी ग्यालेक्सी एस२६ अल्ट्रामा मात्र नयाँ एस पेन ल्याउने योजना बनाएको हुन सक्छ। तर यस्तो अवस्थामा जेड फोल्ड ७ प्रयोगकर्ताहरूले करिब ६ महिनासम्म एस पेन बिना गुजार्नुपर्ने हुन्छ।

अर्को कारण भनेको सामसङले इङ्गित गरेजस्तै, फोल्ड सिरिजमा एस पेन प्रयोगकर्ताको संख्याले यसको निरन्तरता उचित नभएको निष्कर्षमा कम्पनी पुगेको हुन सक्छ। धेरै प्रयोगकर्ताहरूले एस पेन आवश्यक नठानेको देखिन्छ।

जेड फोल्ड ६ प्रयोग गर्ने एक प्रयोगकर्ताका अनुसार, एस पेन को आवश्यक महसुस कहिल्यै भएन। नोट लेख्न वा एनोटेसन गर्न औंला नै पर्याप्त ठहरिएको थियो। टाइप वा स्पिच-टु-टेक्स्ट मार्फत नोट लेख्न सकिने विकल्प पनि सजिलो भयो।

तर उनले एस पेन प्रयोग नगर्ने निर्णय उनी आफैंको मात्र नभएको पनि स्वीकारे। जेड फोल्ड सिरिजमा एस पेन सँगै नआउने र छुट्टै किन्नुपर्ने, साथै यसको भण्डारणसम्बन्धी झन्झटिलो व्यवस्था, जस्तै सामसङ को आफ्नै एस पेन जेड फोल्ड ६ केसको खराब समीक्षाहरू, पनि एक प्रमुख कारण हो।

त्यसैले फोल्ड सिरिजमा एस पेन प्रयोग कम हुनु कुनै अचम्मको कुरा होइन। सामसङ ले नै यसको प्रयोगलाई असहज बनाएको देखिन्छ।

प्रकाशित: १ श्रावण २०८२, बिहीबार

तपाइको प्रतिक्रिया