Technology Khabar ३२ असार २०८२, बुधबार
काठमाडौं ।
ललितपुरका केही स्थानहरुमा आज बुधबारदेखि शुक्रबारसम्म प्रत्येक रात ११ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म नेपाल टेलिकमको फाइबर टु द होम (एफटीटीएच) सेवा अवरुद्ध हुने भएको छ।
नेपाल टेलिकमले आज एक सूचना प्रकाशित गरी यसबारे सम्बन्धित सबैलाई जानकारी गराएको हो।
‘नेपाल टेलिकम, दूरसञ्चार कार्यालय पाटन अन्तर्गतका तपसिल बमोजिमका क्षेत्रहरूमा सञ्चालित फाइबर-टु -द- होम (एफटीटीएच) नेटवर्कको आन्तरिक मर्मत सम्भार कार्य गर्नुपर्ने भएकोले निम्न मिति तथा स्थानहरूमा बेलुकी ११ बजेबाट भोलिपल्ट बिहान ६ बजेसम्म एफटीटीएच (टेलिफोन, इन्टरनेट, टि.भी.) सेवा अवरुद्ध हुनसक्ने भएकोले सम्बन्धित ग्राहक वर्गमा जानकारीका लागि सूचित गरिन्छ। साथै यसबाट ग्राहक वर्गमा पर्न जाने असुविधा प्रति हामी क्षमाप्रार्थी छौं ’, सूचनामा उल्लेख छ।
सेवा अवरुद्ध हुने मिति र ठेगाना यसप्रकार छ:
| सि नं | मिति | सेवा अवरुद्ध हुनसक्ने क्षेत्रहरू |
| १ | २०८२।०३।३२ गते बुधबार | मच्छिन्द्रबहाल, लगनखेल, ताल्छिखेल, पाटन औद्योगिक क्षेत्र, सातदोबाटो चक्रपथभित्र |
| २ | २०८२।०४।०१ गते बिहीबार | च्यासल, चाकुपाट, ज्वागल, पुल्चोक |
| ३ | २०८२।०४।०२ गते शुक्रबार | जाउलाखेल, एकान्तकुना खरीबोट, भनीमण्डल, सानेपा, धोबीघाट |
यसबाट पर्न जाने असुविधाप्रति क्षमा माग्दै प्राधिकरणले निर्धारित समयभन्दा अघिपछि सेवा सुचारु नभएमा नेपाल टेलिकम ग्राहक सेवा केन्द्र १९८ वा टेलिफोन नं. ०१-५४२३३६३ मा सम्पर्क गर्न पनि सबैमा अनुरोध गरेको छ।
प्रकाशित: ३२ असार २०८२, बुधबार